अजय मिश्रा/कपिलवस्तु बुधबार, चैत्र ०७, २०८०

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा मंगलबार पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरको आयोजनामा सुरक्षा निकाय,पत्रकार, व्यवसायी हरुलाई एक दिने क्वारेन्टाइन सम्बंधि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

पशु पंक्षी तथा पशु जन्य पदार्थको तस्करी तथा अन्य अवस्था हेर्ने प्रमुख उदेश्यका साथ कार्यक्रममा पशु क्वारेन्टाइनको परिचय, क्वारेन्टाइनको वर्तमान संरचना,दण्ड जरिवाना र सजायको व्यवस्था,पशु ढुवानी मापदंड २०६४, क्वारेन्टाइनको महत्व लगायतका विषयमा सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भैरहवाबाट आएका डा .मनोज अधिकारीले गरेका थिए।

त्यस्तै कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरबाट समेत सुझाव संकल्न गरेर नियमहरु बनाउनु पर्ने,अन्य देशबाट पशु तथा पशु जन्य पदार्थ ल्याउदा भन्सारको राजस्व कम हुनुपर्ने,पशु तथा पशु जन्य पदार्थको तस्करी रोक्न जनचेतना फैलाउने जस्ता महत्वपूर्ण कुराहरु उठान गरिएको थियो। कार्यक्रममा सहभागीहरूबाट उठेका जिज्ञासा हरूलाई पशु क्वारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रमुख डा.दयाराम चौधरीले सहजीकरण गरेका थिए।

यस्तै कार्यक्रममा सशस्त्र प्रहरी,नेपाल प्रहरी,राष्ट्रीय अनुसंधानका प्रतिनिधि,व्यापारी,भन्सार कार्यालयका प्रतिनिधि,पत्रकार लगायतको उपस्थित रहेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]