
Rgp
Rgp1
Ggp
Pbu
pku
Srbpu
Sgr
Lnp
Unsku

Bbu
Rgu
Hal
Vor
Ggd
Rgs
Rgu
Wsp
Pvg
Rsb
nsb
Sbs
Ksm
Tsm
Sls
Asm
Bbbpu
Ssm
Gst

Pls
Rmb
Abd
Rpp
bbt
Jmb
Jmb
sab
Syp
Ptm
Mks
Gsb
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मुङ्ग्रेठा खोलामा आगलागी हुँदा दुई घर र तीन गोठ जलेर नष्ट भएको छ ।
आज दिउँसो अन्दाजी ४ बजेर ५० मिनेटको समयमा आगलागी हुँदा खिमराज साहु,निर्मला भण्डारी र झुपलाल रानाको फुसले छाएको घर तथा गोठ जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक नवीन ओलीले जानकारी दिए ।
त्यस्तै घर,गोठमा आगलागी भएपछि तत्काल दमकल तथा प्रहरी र स्थानीय बासीले उक्त आगोलाई साझ ७ बजेर १० मिनेट जादा नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट खिमराज साहुको १ तले कच्ची घर र एक कच्ची गोठबाट नगद ६० हजार,८ आना सुनको तलहरी ५८ हजार,अन्नापात,लत्तकपडा र १ वटा बाख्रा जलेर मृत्यु हुँदा अन्दाजी १ लाख २७ हजार गरि कुल २ लाख ४५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै निर्मला भण्डारीको एक कच्ची घर र एक कच्ची गोठ जली पुर्ण रुपमा नष्ट भएको र नगद ८० हजार, अन्नापात, लत्ताकपडा,भाडावर्तन तथा ४ वटा बाख्रा र पाठा जलेर मृत्यु हुँदा १ लाख ८ हजार गरि कुल १ लाख ८८ हजार बराबरको क्षति भएको जनाइएको छ । यस्तै झुपलाल रानाको १ तले कच्ची गोठमा रहेका काठको दारपातहरु जलेर नष्ट हुँदा अन्दाजी ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर,गोठ गरि जम्मा ४ लाख ७३ हजार बराबरको क्षेती भएको हो । घर र गोठहरु फुसले छाएको र निज पीडितहरु बस्नको लागी स्थानिय ब्यक्ति र जनप्रतिनिधिसंग समन्वय भईरहेको, उक्त स्थानमा टेलीफोन पनि सन्तोषजनक सम्पर्क हुन नसकिने बुझिएको छ ।
त्यस्तै उक्त गाउँमा आगलागी भएको खबर पाउदा साथ राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादवले पालिकाको तर्फबाट रासन चामल,दाल,नुन तेल,तरकारी लगायतको राहत आगलागी भएको स्थानमा पुगेर अग्नि पीडितलाई उपलब्ध गराइएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । यस्तै उनले अब गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेर के कसरी अन्य राहतहरु प्रदान गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेर आवश्यक राहत प्रदान गर्ने जनाएका छन् ।


