
Unsku
Pbu
Rgp
Srbpu
Sgr
pku
Rgp1
Ggp
Lnp

Ksm
Ssm
Gst
Pvg
Bbbpu
nsb
Tsm
Sbs
Rgu
Rgs
Vor
Asm
Hal
Ggd
Rgu
Rsb
Bbu
Wsp
Sls

Jmb
Gsb
sab
Rmb
Jmb
Syp
Bml
Pls
Rpp
Mks
Ptm
bbt
Abd
सर्लाही । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
बरहथवा नगरपालिका वडा नम्बर ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गएराति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ ।
त्यस्तै प्रहरीका अनुसार उनलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीका एक अधिकृतले बताए । गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ ।
यस्तै घटनाको विषयमा विस्तृत जानकारी दिन प्रहरीले मंगलबार बिहान साढे ९ बजे पत्रकार सम्मेलन गर्दैछ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले पत्रकार सम्मेलनमा विस्तृतमा जानकारी दिने भन्दै अहिले नै यो विषयमा केही भन्न नसकिने बताए । प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न रहेको बताइएको छ ।अनलाइनखबर
