
pku
Srbpu
Rgp1
Unsku
Rgp
Ggp
Pbu
Sgr
Lnp

Bbu
Gst
nsb
Tsm
Hal
Sbs
Rgu
Sls
Asm
Ggd
Bbbpu
Rsb
Rgs
Rgu
Ksm
Pvg
Wsp
Ssm
Vor

sab
Pls
Bml
Ptm
Rmb
Jmb
Rpp
Gsb
bbt
Jmb
Syp
Mks
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आफ्नो वडा शाखा राजपुर – ७ भैसाही नाकामा आइतबार उद्घाटन गरिएको छ ।
उक्त शाखा कार्यालयको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र वडा अध्यक्ष पुष्कर वलि,वडा सदस्य प्रमोद बस्नेत त्यसैगरी वडा सचिव दिपक राना वडा कार्यपालिका सदस्य सन्देश वि.क लगायत स्थानीय बासीको उपस्थितिमा उद्घाटन गरिएको हो ।
उक्त वडा शाखाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाको वडा नम्बर ७ भौगोलिक क्षेत्रका आधारमा पनि ठुलो रहेको हुँदा नाका क्षेत्रका जनतालाई सरल र सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यका साथ वडा शाखा बिस्तार गरिएको जानकारी दिए । त्यस्तै अब तत्काल वडा नम्बर ६ खाङ्ग्रा नाका र वडा नम्बर १ पटौली नाकामा पनि वडा शाखाको भवन उद्घाटन गरि सेवा सुरु गर्ने अध्यक्ष बुढाथोकी बताए ।
त्यस्तै वडा शाखामा पहिलो दिन मन बहादुर रानाको छोरीको जन्म दर्ताको प्रतिलिपी बनाएर उद्घाटन गरिएको थियोे । उक्त वडा कार्यालय उद्घाटन कार्यक्रममा सिमा सुरक्षा बल सशस्त्र प्रहरी बलका निरीक्षक अरुण तिमिल्सिना लगायत सिमाना प्रहरीको पनि सहभागीता रहेको थियोे ।
अबदेखि प्रत्येक महिनाको (३) दिन आइतबार, सोमबार,मंगलबारका दिन भैसाहीमा वडा संचालन हुने वडा अध्यक्ष पुष्कर वलीले जानकारी दिए ।
त्यस्तै अब नाका बासीलाई पहिलेको जस्तो समस्या भोग्नु नपर्ने त्यहाँ बासिन्दा बालाराम गिरिले जानकारी दिए भने उक्त कार्यक्रमको संचालन वडा सचिव दिपक रानाले गरेका थिए ।

