
Ggp
Ksbus
Ksbus
Rgp
Ggp
Lnp
Asbus
Sdc
Msbus


दाङ । नेपाल नेत्रज्योती सघ दाङ शाखाको बैठक सोमबार तुलसीपुरमा सम्पन्न भएको छ । शाखा शभापति कृष्ण कमाुर गीरीको शभापतित्वमा सम्पन्न बैठकले यही आउदो चैत्र १३ गते नेत्रज्योति दिबस राप्तीआँखा अस्पताल तुलसीपुरमा मनाउनुका साथै सोही दिन तुलसीपुरमा नबर्निमित नेत्रज्योती प्राबिधिक शिक्षालय भबनको उद्घाटन गर्ने निर्णय गरेको शाखा सचिब घनश्याम सुबेदीले जानकारी दिनुभएको छ ।
त्यस्तै यस अघि शाखा अन्र्तगतका अस्पतालहरुमा मनाईने गरिएको नेत्रज्योति दिबस यो बर्ष एकै स्थानमा मनाउन लागीएको हो । साथै बैठकले नेपाल नेत्रज्योति सघको यही चैत्र २३ र २४ गते चितवनमा हुने संघको केन्द्रीय अधिबशनको लागी प्रतिनिधि छनोट गरेको छ । साथै बैठकले शाखा शभापति कृष्ण कुमार गीरीको सयोजकत्वमा तिन सदस्य नयाँ आजिबन सदस्य छनोट समिति गठन गरेको छ । जसको अन्य सदस्यहरुमा सचिब घनश्याम सुबेदी र कोषाध्यक्ष श्याम प्रकाश आचार्य रहनु भएको छ ।

