प्रिया स्मृति गजमेर/लमही सोमबार, चैत्र ०५, २०८०

दाङ । नेपालका बैज्ञानिक डाक्टर महावीर पुनलाई फेरी भेट्ने बाचा सहित लमहीबाट बिदाइ गरिएको छ । तीन दिन अगाडी दाङको लमही आइपुगेका बैज्ञानिक डाक्टर पुनले लमहीमा रहेर आफुले लेखेको पुस्तक विक्री गरेका थिए । उनलाई पुस्तक विक्री गर्न सहज होस् भनेर देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरी सहितका पदाधिकारीले सहजीकरण गरेका थिए ।

बिदाइका क्रममा बैज्ञानिक पुनले सबैको सहयोगले मात्र आफुले चालेको महाअभियान सफल हुने विश्वास व्यक्त गरे । मैले निस्वार्थ रुपमा युवालाई देशमै रोकेर देशमै रोजगारीको वातावरण सिर्जना गर्नु पर्छ भन्ने हो, यो अभियान मेरो मात्र हैन सबै नेपालीको हो’– उनले भने । चार दिनको लमही बसाईमा लमही र गढवा क्षेत्रका संघ संस्थाहरुले बैज्ञानिक डाक्टर पुनलाई ठुलो सहयोग गरेको अध्यक्ष ठकुरीको भनाई छ ।

लमही राजपुर र गढवा क्षेत्रगरि झण्डै ५ हजार पुस्तक विक्रीगरि डाक्टर सावको महाअभियानलाई सहयोग गर्न सकिन्छ कि भन्ने लक्ष्य राखेका थियौं तर आर्थिक क्राइसिसका कारण त्यो हुन् सकेन’– ठकुरीले भने । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका सबै नेपालीहरुले स्वतस्फुर्त रुपले पुस्तक खरिद गरेर सहयोग गरेका छन् ।

विरगंजमा रहेको कृषि औजार कारखाना संचालन गर्ने डाक्टर सावको सपना पुरा हुनेछ भन्ने हामीले विश्वास लिएका छौं’–उनले भने । बैज्ञानिक पुनलाई बिदाई गर्दा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ठकुरी सहित पदाधिकारीको टोलीले बधिया भाले प्रदान गरेका थिए । विगत ५ वर्षदेखि बधिया भालेलाई प्रवर्धन गर्नका लागि आफु लागि परेको भन्दै युवा व्यवासायी ठकुरीले यस तर्फ पनि बैज्ञानिक डाक्टर पुनको ध्यान जानु पर्ने बताए ।

छोटो समयमा ९ लाख ७५ हजार रुपैयाँको पुस्तक बिक्रि भएको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष ठकुरीले जानकारी दिए । लमही नगरपालिका, देउखुरी उद्योग वाणिज्य संघ,मगर संघ लमही, आदर्श माध्यामिक विद्यालय देउपुर, गोरखा मोडेल सेकेण्डरी स्कुल,रोजी बड्स बालबाटिका बोर्डिंग स्कुल,होटल व्यवसायी संघ लमही,काष्ठ व्यवसायी संघ,युवा समूह,लमही जेसिज,नेपाल बैंक लिमिटेड,गुरुकुल एकेडेमी लमही,बैंकर्स क्लव लमही,सनलाइत मोर्डन बोर्डिंग स्कुल, लमही आँखा अस्पताल,देउखुरी बहुमुखी क्याम्पस,थारु कल्याण कारिणी सभा लमही,सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ गण अर्जुनखोला,वडा प्रहरी कार्यालय लमही,ज्योतिष्मती विद्यापीठ, मालपोत कार्यालय लमही,गढवा उद्योग वाणिज्य संघ,गढवा गाउँपालिका,ज्ञानज्योती स्कुल गढवा,होटल व्यवसायी संघ गढवा र शुभतारा बोर्डिंग स्कुल लगायतले बैज्ञानिक डाक्टर पुनद्वारा लेखिएको सम्झना,सपना र अविरल यात्रा नामका आत्मकथा पुस्तक खरिद गरि सहयोग गरेका हुन ।

त्यस्तै महाप्रभु चिम्नी ईट्टा उद्योग प्रा.लि.का प्रोप्राइटर मदन केसी र श्रीमती रोजि पन्थी केसीले नगद बीस हजार पाँच सय पचिस सहयोग गरेका छन् भने समाजसेवी रामबहादुर केसीले चार हजार पाँच सय सयोग गरेको नेपाल मगर संघ लमही नगर समितिका अध्यक्ष जगत पुनले जानकारी दिए । केहि दिन राप्ती गाँउपालिका क्षेत्रमा रहेर पुस्तक विक्रि गरिने डाक्टर पुनले जनाएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]