प्रिया स्मृति गजमेर/लमही शनिबार, चैत्र ०३, २०८०

दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको ‘मलाई दोष लाउदै जाउ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा नव गायिका छायाँ बुढाथोकीको सुरिलो आवाज रहेको छ । गायक स्वर्णकारले यस गीतलाई आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गर्नु भएको हो ।

त्यस्तै माया प्रेममा परेका जोडी बीच मनमुटाव भएका कुराहरु दर्शाउन खोजिएको छ । सर्वश्व सम्झेर मन मुटुमा राखे पनि उसले आफुलाई र आफ्नो मायालाई बदर गर्दिएको, मायामा अपहेलित भएपछी प्रेमीले पनि लौ ठिक छ तिम्ले आफ्नै संसार रोज, आफ्नै खुशी गर भनेर गीतका शब्द मार्फत व्यक्त गरेका भावका शब्दलाई गीतकारले टपक्क टिपेर गीत बनाउनु भएको छ ।

‘मलाई दोष लाउदै जाउ’ बोलको यो गीतको भिडियोमा नव गायिका छायाँ बुढाथोकीको तड्पाई छटपटाहटलाई देख्न सकिन्छ । लमही क्षेत्रका डांडाकाँडाका दृश्यलाई कैद गरिएको छ । यस गीतलाई नव गायक दीपक रावतले पनि आवाज दिनु भएको छ । यस अघि पनि गायककार, गीतकार तथा संगीतकार स्वर्णकारले दर्जनौ गीतहरुमा आवाज दिनुका साथै शब्द लेख्नु भएको छ भने मिठासपूर्ण संगीत समेत भर्नु भएको छ ।

यस्तै शब्द र संगीत यस गीतमा गायक तथा गीतकार स्वर्णकारकै रहेको छ भने म्युजिक एरेन्ज विपिन आचार्यको रहेको छ । क्यामरामा पवन बस्याल, मेक अपमा अरुण रोय र भिडियो सम्पादनको काम अस्मिता विष्टले गर्नु भएको छ ।

दाङको लमहीमा रहेको गुड भ्वाईस रेर्कडिङ स्टुडियोमा रेर्कडिङ गरिएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]