
Gsbg-3
ksbl-7
Usbl-7
Gsbr-6
Rksr-7
Msbg-2
Pbu
Jsbr-3
Jsbg-7
Csbg-7


दाङ । नेपाली काङ्ग्रेस गढवा गाउँपालिका वडा नम्बर ७ को दाेस्राे वडा सम्मेलन शुक्रबार मानपुरमा सम्पन्न भएकाे छ ।
वडा सभापति बाेट बहादुर चाैधरीकाे सभाअध्यक्षता एबम् नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति भेषराज पाण्डेकाे प्रमुखआथित्यतामा सम्पन्न दाेस्राे सम्मेलनमा वडाका जेष्ठ क्रियाशिल सदस्यहरूलाई कदर पत्र सहित सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै क्षेत्रिय सभापति पाण्डेयले नेपाली कांग्रेसलाई सुदृढ सबल र हालकाे परिस्थितिमा समेत पार्टीकाे अभिभाकत्व प्रदान गर्ने जेष्ठ नागरिकलाई सम्मान गरेकाे प्रति नेपाली कांग्रेस वडा नम्बर ७ लाई धन्यवाद ब्यक्त गर्नु गरे । नेपाली कांग्रेसले गरेका सहि कार्य नेपाली कांग्रेसकाे अथहक प्रयासले भएका हरेक बिकाश निर्माणका कामहरूकाे खुलेर प्रचार प्रसार गर्नुपर्ने बताउदै पाण्डेयले राष्ट्रियताकाे सवालमा चर्काे आवाज उठाउनेहरूले सहिदकाे नाममा राष्ट्रकाे ढुकुटि सिद्धयाउन लागि परेकाे समेत बताए ।
बिकाशको निर्माणकार्य हामि शुरू गर्छाैं, बिकाश गर्छाै, प्रचारप्रसार उनिहरूले लिने र जस लिने काम गर्दछन याे कार्य प्रति कार्यकर्ता सजग हुन पर्ने र हामीले गरेका कामकाे प्रचारप्रसार गर्नु पर्ने बताए । नेपाली कांग्रेस पालिका प्रतिनिधि ओम प्रकाश बसेलले बिषय बस्तुमाथि प्रकाश पार्दै सम्मेलन बारे जानकारी गराएका थिए ।
सम्मेलनमा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि खिमादेबि रिजाल,जिल्ला सदस्य बृजा चाैधरी, नेपाली कांग्रेस गढवा गाउँपालिका सभापति किरण पाैडेल,महिला संघ जिल्ला सदस्य गाेमा रिजाल, वडा नम्बर ७ का वडा अध्यक्ष राहुलदेब चाैधरी, प्रदेश १ क सदस्य राजेन्द्र चाैधरी लगायतले बाेलेका थिए ।
कार्यक्रममा पालिका उपसभापति माेहन चाैधरी, सचिब पुर्णप्रसाद चाैधरी, क्षेत्रिय प्रतिनिधिहरू, टाेल कमिटि अध्यक्ष, क्रियासिल सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे । वडा सहसचिब फागुराम चाैधरीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण वडा सचिब प्रयागनाथ चाैधरीले गरेका थिए ।
