
Sgr
Rgp
Pbu
Unsku
Rgp1
Ggp
Srbpu
pku
Lnp

Rgu
Sbs
Bbu
Ksm
Tsm
Rsb
Rgs
Vor
Pvg
Bbbpu
Sls
Rgu
nsb
Gst
Hal
Asm
Ssm
Wsp
Ggd

Ptm
Rpp
Jmb
sab
Pls
Rmb
Jmb
Mks
bbt
Bml
Syp
Abd
Gsb
दाङ । लमहीमा शुक्रबार मात्र डाक्टर महावीर पुनले ७३९ वटा पुस्तक वितरण गरेका छन् ।
बीरगंजको कृषि औजार कारखाना संचालन गर्ने प्रमुख उदेश्यका साथ आफ्नो जीवन कथा तथा पछिल्लो समय देशमा घट्दै गएको अर्थतन्त्र सुधारका उपाय र युवाहरु कसरी उद्यमी बन्ने लगायतका विषयमा लेखिएको “सम्झना,सपना र अविरल यात्रा” पुस्तक वितरण अभियान अन्तरगत ६७ औं दिन बिहीबार बेलुका लमहीमा पुगेका डाक्टर पुनलाई देउखुरी उद्योग बाणिज्य संघ परिवारले भव्य स्वागत एवं सम्मान गरेको थियो ।
देउखुरी उद्योग बाणिज्य संघ र नेपाल मगर संघ लमही नगर कमिटीको प्रमुख समन्वयमा शुक्रबार बिहानदेखि सुरु गरिएको पुस्तक वितरण कार्यक्रममा डाक्टर पुनको अभियानलाई सफल बनाउन सबैभन्दा धेरै गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीले ११३,आदर्श माध्यमिक विद्यालयले ७८,लमही नगरपालिकाले ७२,सनलाईट माविले ५८,लमही आँखा अस्पतालले ५३,लमही मगर संघले ५०,रोजी माविले ३७,काष्ठ व्यवसायी संघले २५,देउखुरी उद्योग बाणिज्य संघले २१,लमही जेसिजले २०,लमहीका विभिन्न बैंकमा कार्यरत कर्मचारीद्वारा २०,लमही होटेल व्यवसायी संघले १६, गुरुकुल एकेडेमी लमहीले ११,नेपाल बैंक लिमिटेड शाखा कार्यालय लमहीले ८,लमहीको धमला चोकमा विभिन्न व्यक्तित्वद्वारा १४८ गरि कुल ७ सय ३९ वटा पुस्तक वितरण गरिएको हो । पुस्तकको मुल्य ७५० रहेको छ ।
शनिबार पुस्तक वितरण कार्यक्रमको तालिका:
लमही धमला चोक ७:०० बजे देखि ८:३० बजे सम्म
लमही बस पार्क ८:४५ बजे देखि ९:२५ बजे सम्म
९:३० बजे देखि ९:४० बजे सम्म,९:४०बजे यात्रा
गढवा होटल व्यवसायी संघको साधरण सभामा प्रमुख अतिथिको रुपमा सहभागी रहने कार्यक्रम रहेको नेपाल मगर संघ लमही नगर कमिटीका अध्यक्ष जगत पुन मगरले जानकारी दिए ।
यस्तै डाक्टर पुनका अनुसार नेपालको १ प्रतिशत नेपालीहरु (३ लाख) ले आत्मकथाको किताब किनी दिएको खण्डमा बीरगंजको कृषि औजार कारखाना मज्जाले चल्ने दाबीसमेत गरेका छन् । त्यस्तै उनले यो महाअभियानमा सम्पूर्णलाई एक एक गरि इट्टा थपि दिन समेत आग्रह गरेका छन् ।

