Sidha Patra शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौँ । सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकाल्दै सुन तस्करी छानबिन गर्न गठित समितिले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

त्यस्तै पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको समितिले महरालाई सुन तस्करीमा संलग्न रहेको भए पनि सिआइबीको छानबिनले उन्मुक्ति दिएको ठहर गरेको हो।

बिहीबार प्रतिवेदन बुझेका गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन्। गत असोज १५ गते गठित आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी जाँचबुझ, २०८० गठन गरेको थियो।

आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा,किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए । छानबिन समितिले सिआइबी प्रमुख किरण बज्राचार्यमाथि मुद्दा चलाउन सिफारिस गरेको स्रोतले जानकारी दियो।

यस्तै छानबिन समितिले सुन तस्करी प्रकरणमा सिआइवीले त्रुटी गरेको निष्कर्ष निकालेको छ। मुद्दा चलाउनु पर्नेलाई नचलाएको छानबिन प्रतिवेदनमा उल्लेख भएको गृह मन्त्रालय स्रोतले जानकारी दियो।

त्यस्तै, समितिले छानबिनमा संलग्न रहेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारवाहीको सिफारिस गरेको छ।देशसन्चार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]