
Rgp1
Ggp
Rgp
Pbu
Sgr
Lnp
Srbpu
pku
Unsku

Gst
Rgu
Sls
Bbu
Bbbpu
Vor
Rgu
Pvg
Rgs
Rsb
Tsm
Asm
Ksm
Hal
Ssm
Wsp
nsb
Sbs
Ggd

bbt
sab
Jmb
Bml
Mks
Syp
Jmb
Gsb
Rmb
Abd
Rpp
Pls
Ptm
दाङ । घोराही उपमहानगरपालिकाले भूमीहिन दलित,भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापन तथा नाप नक्सा कार्य सुरु गरेको छ ।
घोराहीको वडा नम्बर १ को सिमलताला स्यानी चौरबाट जग्गा नाप जाँच थालिएको हो । त्यसका लागि ४ जना प्राविधिक खटिएका छन् ।
वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेयको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, भूमी आयोग जिल्ला अध्यक्ष लेखराज रेग्मी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, नापी कार्यालयका प्रमुख पुरण चौधरी, भूमी व्यवस्थापन शाखा प्रमुख देवराज अधिकारी, वडा सदस्यहरु र स्थानीयको उपस्थितीमा नापजाँच कार्यक्रमको सुरुवात गरिएको हो ।
उक्त कार्यक्रममा नगर प्रमुख चौधरीले एक पटकका लागि सबैले जग्गा पाउनु पर्ने बताउनुभयो । जग्गा पनि व्यवहारीक र अपनत्व हुने वितरण गर्नुपर्ने बताउनुभयो । पटक पटक जग्गा दिने कामको प्रकृया सुरु भए पनि त्यसले सार्थकता पाउन नसकेकाले अब भने जसरी भए पनि जग्गा दिनुपर्ने गरि काम थालेको जानकारी दिनुभयो ।
त्यस्तै घोराही उपमहानगरपालिका भित्र १६ हजार १ सय ४६ जनाको निबेदन प्रविष्ट भएको छ ।
