Sidha Patra बिहिबार, चैत्र ०१, २०८०

दाङ । दाङको राप्ती आँखा अस्पताल तुलसीपुरमा अत्याधुनिक प्रविधिबाट आँखासम्बन्धी विभिन्न शल्यक्रिया सेवा सुरु भएको छ ।

अस्पतालले आँसुनलीको दुरविन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको हो । अकुलोप्लास्टी तथा आँखा क्यान्सर रोग विशेषज्ञ डा सुरेश रसाइलीले बेहोस नगरी दुखाइ कम गर्ने सुइको माध्यमबाट आँखाको आँसु नलीको दुरविन प्रविधिबाट सफल शल्यक्रिया भइरहेको बताए ।

त्यस्तै उक्त क्षेत्रमै पहिलो पटक सो सेवा राप्ती आँखा अस्पतालबाट दिन थालेपछि बिरामीलाई पनि सहज भएको ससालीले बताएका छन् । अकुलोप्लास्टी अन्तर्गत विभिन्न कस्टमेटिक शल्यक्रिया र आँखाको क्यान्सरसम्बन्धी सेवासँगै आँखाको आँसुनली बन्द भएका बिरामीलाई बेहोस नगरी दुरविन विधिबाट शल्यक्रिया सुरु भएको उनले बताए ।

‘यस अघि कस्टमेटिक, आँसु नलीसम्बन्धी विभिन्न शल्यक्रिया सेवा हामीले यहीँबाट दिँदै आएका थियौँ, अब इन्डोस्कोपिक डिसिआर सर्जरी पनि सुरु गरेका छौँ’, डा रसाइलीले भने । यसले गर्दा आँसुनलीको बाहिरी भाग चिरफारबिना नै अव नाकबाट दुरविनको सहायताले आँसुको नलीलाई खुलाउन सकिने उनको भनाइ छ । अब आँसु नलीमा सङ्क्रमण भइ पिप जमेको अवस्थामा पनि यस विधिबाट सहजै शल्यक्रिया गर्न सकिने उनले बताए ।

‘यसमा बन्द भएको आँसु नलीसंगै नाकभित्रका केही समस्या भए पनि त्यसको शल्यक्रिय गर्न सहज हुन्छ’, डा रसाइलीले भने । दुरविन विधिबाट हुने आँसुनलीको शल्यक्रियाका फाइदा धेरै भएको उनलेको भनााइ छ । शल्यक्रियापछि छिटो निको हुने, चिरफार गर्न नपर्ने, घाउ नदेखिने, रगत कम बग्ने, छिटो र छरितो शल्यक्रिया सेवा दिन सकिने डा. रसाइलीको भनाइ छ ।

त्यस्तै अस्पतालमा आँसुको थैली निकाल्ने, काटिएको आँसुनली, आँसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया, आँखाको ढकनीमा देखिने समस्या, बाहिर फर्किएको आँखाको ढकनीको शल्यक्रिया हुँदै आएको छ । काटिएको आँखा ढकनीको शल्यक्रिया, आँखाको ढकनीलाई बन्द गर्ने शल्यक्रिया सेवा पनि दिँदै आएको छ ।

यस्तै थाइराइड, आँखाको भित्री भागमा देखिएको ट्युमरसम्बन्धी आँखाको उपचार तथा शल्यक्रिया मरामर्श सेवा समेत अस्पतालले दिइरहेको डा. रसाइलीको भनाइ छ । ‘अकुलोप्लास्टी, आँसु नली, ढकनीका साथै आँखाको क्यान्सरसम्बन्धी सेवा हामीले दिइरहेका छौँ, अब लगत्तै अन्य यो सम्बन्धी सेवा दिने पनि अस्पतालले तयारी गरिरहेको डा रसाइलीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]