
Ggp
Srbpu
Unsku
pku
Sgr
Lnp
Rgp
Pbu
Rgp1

Wsp
Pvg
Tsm
Gst
Hal
Rgu
Ggd
Bbbpu
Rgu
nsb
Sbs
Rgs
Rsb
Ssm
Asm
Sls
Bbu
Ksm
Vor

Jmb
Pls
sab
Rmb
Ptm
Mks
bbt
Syp
Jmb
Gsb
Rpp
Abd
Bml
काठमाडौं । राजधानी काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट बिहान ११ बजे पैदलमार्च सुरु गर्दै पीडितहरु सुन्धारामा भेला हुने छन् । सबै टोली सुन्धारामा भेला भएर भृकुटीमण्डप पुग्ने र कोणसभा गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
यस्तै सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । महासंघका अध्यक्ष कुशलभ केसीले आफूहरुले सरकार समक्ष राखेका माग आज सम्बोधन नभए सबै पीडितहरु सहकारी विभागमा गएर बस्ने चेतावनी दिए । ‘विगतमा सहकारी मन्त्रीले चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गरिसक्ने भन्नु भएको थियो । तर अहिलेसम्म फिर्ता नभएकाले हामीहरु आन्दोलनमा उत्रिन बाध्य भएका छौं,’ महासंघका अध्यक्ष केसीले भने, ‘आजसम्म पनि माग सम्बोधन भएन भने काठमाडौंमा भेला भएका हामीहरु सबैजना सहकारी विभागमा प्रवेश गर्ने छौं र त्यहीँ पकाउने, खाने गर्दै प्रदर्शनलाई निरन्तरता दिने छौं ।’ सहकारी पीडितका केही प्रतिनिधिहरु सहकारी विभागमा अनशन पनि बस्दै आइरहेका छन् ।
