
Sgr
pku
Rgp1
Rgp
Srbpu
Lnp
Pbu
Ggp
Unsku

Wsp
Hal
Ksm
Rsb
Ggd
Rgs
Sls
Tsm
Bbu
Bbbpu
Asm
Pvg
Ssm
Gst
Rgu
Vor
Rgu
nsb
Sbs

bbt
Ptm
Bml
Rpp
Jmb
Mks
Abd
Pls
Syp
Rmb
Gsb
sab
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले मंगलबार आठौं स्थापना दिवस मनाएको छ । गाउँपालिकाले अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरि दिवस मनाएको हाे ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाको विकास र सम्वृद्विका लागि विभिन्न क्षेत्रबाट याेगदान पुर्याउने २ बढी व्यक्ति तथा संस्थाहरूलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
गाउँपालिकाले गत शैक्षिकसत्रमा सामुदायिक र संस्थागत विद्यालयबाट कक्षा ८ र १० मा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रा ,उत्कृष्ट प्रधानाध्यापक, कर्मचारी ,स्वास्थ्यकर्मी ,खेलाडी ,कलाकार ,पत्रकार,जेष्ठ नागरिक,कृषक लगायत विभिन्न संघसंस्थाहरु र सहिद परिवारलाई सम्मान गरेको हाे।
गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा बोल्ने वक्ताहरूले गाउँपालिकाकाे समग्र विकासको लागि सबै पक्ष एक भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
त्यस्तै उहाँहरुले संविधानमा उल्लेखित स्थानीय सरकारको अधिकारहरुलाई कार्यान्वयन गर्दै
पालिकालाई स्थापित गरेर थप बलियो बनाउनु पर्ने कुरामा समेत जाेड दिनु भएको थियो ।
लुम्बिनी प्रदेश सभाका सभामुख तथा प्रमुख अतिथि तुलाराम घर्तीले ३ तहको सरकारको समन्वयले मात्र विकास हुने बताउँदै प्रदेश सरकारले बनाएको कानुनमा स्थानीय सरकार सञ्चालन हुन जरूरी रहेको बताउनुभयाे ।
त्यस्तै उहाँले स्थानीय सरकारले राजधानी ल्याउनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै निर्वतमान अध्यक्ष र वर्तमान अध्यक्ष प्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारू,संविधान सभा सदस्यहरू रेश्मीराज नेपाली,सुशिला चाैधरी, गंगा थारू सत्गाैवा,लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुलबहादुर केसी,राप्ती गाउँपालिकाका पुर्व अध्यक्ष नुमानन्द सुवेदी,नेपाली कांग्रेसका विद्याशरण चाैधरी,नेकपा एमालेका मदन अधिकारी, नेकपा माओवादी केन्द्रका नारायण शर्मा,राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीका सभापति दोर्ण जिसी,नेकपा एकीकृत समाजवादीकी लक्ष्मी गिरी,नेकपाका यमलाल कटुवाल,ऐरावती आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवराज खनाल, राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्का,घण्टदेव सामुदायिक वन उपभोक्ता समूह मसुरीयाका अध्यक्ष दुर्योधन पाण्डे,राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी,जेष्ठ नागरिक कृष्णप्रसाद आचार्य,अपांग सञ्जालका अध्यक्ष ऋषिराम बस्नेत,राप्ती कृषक समन्वय समितिका अध्यक्ष किरण भण्डारी,ऐरावती आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति संगिता भण्डारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका शिक्षा अधिकृत बासुदेव खनाल र सिमा केसीले गर्नु भएको थियो।

