
Rgp
Lnp
pku
Srbpu
Sgr
Rgp1
Unsku
Pbu
Ggp

Tsm
Sls
Ggd
Ksm
Bbbpu
Asm
Rgu
Rgu
Bbu
Vor
Wsp
nsb
Gst
Ssm
Rgs
Sbs
Pvg
Rsb
Hal

Ptm
Rmb
Jmb
Syp
Pls
Bml
Rpp
Abd
Jmb
Gsb
sab
Mks
bbt
दाङ । देउखुरीको लमही बजारबाट प्रहरीले लागुऔषध ब्राउनसुगर र नाईट्राभेट ट्यब्लेट सहित चार जनालाई पक्राउ गरेको छ ।
फागुन २७, २९ गते दुई दिनमा लागु औषध ब्राउनसुगर र ट्याब्लेट सहित चार जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
लमही नगरपालिका वडा नम्बर ५ लमही बजारबाट वडा नम्बर ३ बनगाउँ निवासी ३० वर्षीय प्रकाश वली र लमही नगरपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय यमबहादुर बस्नेतलाई नाईट्राभेट सहित पक्राउ गरेको हो ।
यस्तै वलीको साथबाट १२ ट्याब्लेस र बस्नेतको घरमा रहेको १३५ नाईट्राभेट र ८ फाईलमा ६४ वटा क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप भएको छ ।
यसैगरी लमही बसपार्कबाट दुई जना युवालाई समेत प्रहरीले लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिइएको छ । तुलसीपुर उपमहानगरपालिका–६ सुन्दरनगर निवासी १९ बर्षिय अरुण गाईन र सोही ठाउँ निवासी २२ बर्षिय सुदिप विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै गाईनको साथबाट ४ ग्राम १३० मिलिग्राम र विकको साथबाट २ ग्राम ५२० मिलि ग्राम ब्राउनसुगर जस्तो खैरो रंगको डल्लो फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुका विरुद्ध लागुऔषध सम्वन्धि मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
