
Sgr
Srbpu
Rgp1
Pbu
Unsku
Lnp
Rgp
pku
Ggp

Bbbpu
Pvg
Ssm
Rgs
Vor
Gst
Sbs
Bbu
Rgu
Sls
Tsm
nsb
Wsp
Hal
Asm
Rsb
Rgu
Ksm
Ggd

sab
Jmb
Bml
bbt
Rmb
Gsb
Mks
Abd
Jmb
Pls
Rpp
Ptm
Syp
दाङ । राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघको २१ औँ साधारण सभा तथा १४ औँ अधिबेसन दाङको घोराहीमा शुरु हुँदैछ ।
फागुन २८ गते मनोनयन दर्ता र २९ गते निर्बाचनको कार्यतालिका छ । निर्बाचनमा लोकतान्त्रिक प्यानल र स्वतन्त्र प्यानल गरि २ प्यानल चुनाबी मैदानमा छन । अब्बल मानिएका दुबै प्यानलको नेतृत्वमा पनि अब्बल नेतृत्वहरुले मनोनयन दर्ता गर्ने तयारी थालेका छन ।
लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा उमेश मज्गैयाँले मनोनयन दर्ता गर्दैछन भने स्वतन्त्र प्यानलबाट रत्नप्रसाद श्रेष्ठ अध्यक्ष पदका उम्मेद्वार बनेका छन । आपसमा दुबै प्यानल अब्बल मानिएका छन । मज्गैँया बर्तमान समितिमा महासचिब हुन भने श्रेष्ठ अध्यक्ष हुन । दुबैले आफ्नो उम्मेद्वार समुह बनाई चुनाबमा होमिन लागेका छन ।
पछिल्लो समय ढुवानी क्षेत्रमा देखिएका समस्या तथा व्यवसायीहरुका हक हितका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा साधारण सभा तथा अधिबेशनमा छलफल हुने समितिले जनाएको छ ।
कार्यक्रमलाई महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठले उद्घाटन गर्नेछन । ट्रक ब्यबसायी हरुलाई एकिकृत गर्दै आइरहेको समितिमा चारसय गाडीहरु दर्ता छन् । ट्रक व्यवसायीहरुलाई उल्लेख्य सेवा दिएको समितिले नियमित नविकरण भएका सदस्यहरुको हकमा दुर्घटना लगायतका अवस्थामा सहजीकरण र समन्वयका साथै संस्था जिम्मेवार बनेर क्षतिपुर्ति उपलब्ध गराउँदै आएको राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले बताए ।
नयाँ तथा पुराना व्यवसायीको साथ र समन्वयका माध्यमबाट अघि बढ्ने स्वतन्त्र प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार रत्न प्रसाद श्रेष्ठले बताए । प्युठान खलंगामा २०२७ साल मंसिर २ गते जन्मिएका श्रेष्ठ आफ्नो जिवनकाल सामाजिक क्षेत्रमै समर्पित गर्दै आईरहेका छन । बुवा गणेशप्रसाद श्रेष्ठ र आमा बृहस्पति श्रेष्ठको कान्छो सन्तानका रुपमा जन्मिएका श्रेष्ठ अत्यन्तै सालिन स्वभाबका ब्यक्तित्व हुन । सानै उमेरदेखि मेहनती र पढाईमा अब्बल श्रेष्ठले आइकम सम्मको अध्ययन पूरा गरेका छन ।
त्यस्तै उनी दाङको लमहीमा स्थाई बसोबास गर्दैगर्दा सामाजिक क्षेत्रमा आफुलाई परिचित गराउँदै गए ।
लमही जेसीज बर्ष २००६ को अध्यक्ष तथा २००८ मा रास्ट्रिय उपाध्यक्ष समेत बनेर काम गरे । देउखुरी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा स्वतन्त्र रुपमा बिजयी बनेका उनि नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष समेत भएर अनुभव बटुलीसकेका छन । सामाजिक सँगै शिक्षा क्षेत्रमा पनि उनको लगानी थुप्रै छ । लमही स्थित जइन्द्र बोर्डिङ स्कुलको ब्यबस्थापन समितिको वर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठलाई पुन: दोस्रो कार्यकालका लागि समितिले अगाडि सार्ने निश्चित जस्तै छ ।
