
Pbu
Lnp
Sgr
pku
Rgp1
Rgp
Unsku
Ggp
Srbpu

Rsb
nsb
Vor
Sls
Ksm
Rgu
Tsm
Rgu
Wsp
Bbbpu
Bbu
Gst
Hal
Sbs
Rgs
Ggd
Pvg
Ssm
Asm

Syp
Abd
Bml
Jmb
Gsb
bbt
Pls
Jmb
Rmb
Rpp
sab
Mks
Ptm
दाङ । देउखुरीको लमहीमा रहेको स्वर्गद्वारी कश्यप समाज सेवा समिति लमहीले ३ महिने तालिमको उद्घाटन गरेको छ ।
समाजले आफ्नो समुदायका महिला तथा बालबालिकालाई सीप सिकाएर व्यवसायीसंग जोड्ने प्रमुख उदेश्यका साथ उक्त तालिमको आइतबार उद्घाटन गरेको हो ।
स्वर्गद्वारी कश्यप समाज सेवा समिति लमहीका अध्यक्ष सन्जय कुमार गुप्ताको अध्यक्षता तथा लुम्बिनी प्रदेशक सांसद अनुराग खड्काको प्रमुख आतिथ्यता एवं लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीको बिशिस्ट अतिथिमा उद्घाटन गरिएको तालिम कार्यक्रममा प्रमुख अतिथि खड्काले तालिमबाट सिकेका सीपलाई व्यवसायीसंग जोडेर अघि बढ्न आग्रह गरे ।
एउटा सीप सिकेपछि त्यो सीपबाट जीवनभर काम लाग्ने भएको हुँदा यो तीन महिनाको समय भित्र मेहनतीका साथ सीप सिक्न प्रशिक्षार्थीलाई आग्रह गरेका थिए । त्यस्तै उनले आगामी दिनमा समाजले अन्य विभिन्न सीपमूलक तालिमका आयोजनाहरु गर्नका लागि योजना बनाएर सहयोग मागेको खण्डमा आफुले सक्दो सहयोग गर्ने समेत बताएका छन् ।
यसैगरी बिशिस्ट अतिथि योगीले सीप सिकेर उक्त सीपको सदुपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गरे । त्यस्तै समाजले आउदो दिनमा यस किसिमका तालिमहरु संचालन गर्नका लागि स्थानीय सरकार लमही नगरपालिकासंग समन्वय गरेको खण्डमा पालिकाबाट हुने सहयोग गर्ने बताए ।
समाजका महिला सदस्यद्वय सन्तोष मन्त्री र संगिता गुप्ताको स्वागत मन्तव्यबाट संचालन भएको तालिम उद्घाटन कार्यक्रममा समाजका कानुनी सल्लाहकार राधेश्याम गुप्ता,पत्रकारहरु केपी घिमिरे,लिला शाह,चुमा आचार्य,दलित सचेतना अभियान दाङ जिल्ला अध्यक्ष शशिराम नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने तालिम उद्घाटन कार्यक्रमको संचालन समाजका सदस्य नेहा गुप्ताले गरेका थिए ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको सहयोग तथा स्वर्गद्वारी कश्यप समाज सेवा समितिको आयोजनामा संचालन हुन लागेको तीन महिने तालिममा सिलाइ-कटाई तर्फ २५ जना महिला र कम्प्युटर तालिममा २५ जना गरि ५० जना प्रशिक्षार्थी रहेका छन् । सिलाइकटाइ तालिमको प्रशिक्षकमा सुस्मिता चौधरी र कम्प्युटर तालिमको प्रशिक्षकामा प्रयास चौधरी रहेका छन् ।
