
Sdc
Ksbus
Ksbus
Lnp
Asbus
Msbus
Rgp
Ggp
Ggp


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार,३ सय,४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ११ जना,उदयपुरमा २, ओखलढुङ्गामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१, सुनसरीमा ५२, धनुषामा १४,पर्सामा ३, बारामा ४, महोत्तरीमा ३,रौतहटमा ३, सप्तरीमा ९,सर्लाहीमा ४, सिरहामा ५, काठमाडौँमा ४ सय ९, काभ्रेमा ४०, चितवनमा २२, दोलखामा २ र धादिङमा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै नुवाकोटमा १,भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापका ४, लितपुरमा ८५, सिन्धुपाल्चोकमा ११, सिन्धुलीमा २, कास्कीमा १००, गोरखामा ३,तनहुँमा १०, नवलपरासीपूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, बागलुङमा १३, स्याङ्जामा ११, अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नवलपरासीमा ६,पाल्पामा १४, प्यूठानमा ४, बर्दियामा १९, बाँकेमा ३०,रुपन्देहीमा ४५, रोल्पामा १, अछाममा १९, कञ्चनपुरमा १४,कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १,बझाङमा १०, बाजुरामा ६ तथा बैतडीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै हाल देशभर ३ सय,७० जना संक्रमितको आईसीयु र ६३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घन्टामा ८ हजार ५ सय ८३ पीसीआर परीक्षण भएको छ ।
