प्रिया स्मृति गजमेर/लमही शुक्रबार, फाल्गुण १८, २०८०

दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको “सललल बग्यो गण्डकी” बोलको गीत सार्वजनिक भएको छ ।

स्वर्णकारले यो गीतलाई आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो । यस गीतमा शब्द संगीत र स्वर गायक स्वर्णकारकै रहेको छ । मानव जीवनको सम्पूर्ण सामाजिक परिवेशलाई यो गीतमा चित्रण गरिएको छ ।

झलक संगीतम्ले यो गीतको एरेन्ज गर्नु भएको छ भने यो गीतको छायांकन केएसआर मूभी प्रोडक्सनका प्रकाश बस्नेतले गर्नु भएको छ । गायक स्वर्णकारको आफ्नै गुड भ्वाईस रेर्कडिङ स्टुडियो लमहीमा यो गीतको रेर्कडिङ गरिएको हो ।

देउखुरीको रमणीय दृश्यहरु यो गीतको भिडियोमा कैद गरिएको छ । एकल रुममा गायक स्वर्णकारलाई यो गीतमा अभिनय गरेको देख्न सकिन्छ । लामो समयदेखि गीत संगीतको क्षेत्रमा संघर्ष गर्दै आउनु भएका स्वर्णकार शब्द, संगीत र आवाजमा दक्खल राख्ने कलाकार हुनुहुन्छ ।

वि.सं.२०५२ सालमा ’हे आमा जन्म दियौं हामीलाई वीर बन्नलाई’ बोलको बाल गीत गाएर गायक स्वर्णकारले रेडियो नेपाल बाट स्वर परिक्षा पास गर्नु भएको हो । बुझिनौकी मायाले, हल्लायो हल्लायो, कुराकानी बिचार र तीजको हाईमाया जस्ता गीतलाई श्रोताले धेरै मन पराई दिएको गायक स्वर्णकारको भनाई छ ।

त्यस्तै यी गीतलाई देश विदेशमा अल्लि बढी नै दर्शक श्रोताले मन पराईदिनु भएको छ,हामीले दर्शक श्रोताको चाहाना बुझेर गीत गाउने हो बाँकी उहाँहरुको जिम्मा हो’–गायक स्वर्णकारले भन्नु भयो । गीत संगीत बाहेक उहाँका थुप्रै चिनारी रहेका छन् । उहाँ एक सफल सुनचाँदी व्यवसायी पनि हुनुहुन्छ । पछिल्लो समय लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सदस्य रहेर सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]