
Lks
Rgp
Rgp
Dbs
Rgp
Pbu
Lnp
ksb
Ggp
lnp
Jns
Usb
Ggp
Dus
Rgp
Asb
Sgp


दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ मा रहेको भत्रकुण्डा सामुदायिक वन उपभोक्ता समुहको शुक्रबार सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाद्वारा पुनः निर्मल ग्वाल अध्यक्षमा सर्बसहमत चयन हुनु भएको छ ।
जसको उपाध्यक्षमा गिता नेपाली,कोषाध्यक्ष जोगराज चौधरी,सचिवमा निला कुमारी चौधरी,सहसचिव अनिशा चौधरी,सदस्यहरुमा भुप बहादुर चौधरी,सरिता चौधरी,सन्जिप चौधरी,पुष्पा चौधरी रहनु भएको छ भने सल्लाहकारमा कालुराम चौधरी,पन्छुराम चौधरी,सुन्दर चौधरी लगायत ९ जनाको कार्य समिति बनेको हो ।
समुहका अध्यक्ष निर्मल ग्वालको अध्यक्षता तथा सतबरिया सव डिभिजन वन कार्यालयका वन रक्षक बिरेन्द्र के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभा कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ८ का वडा सदस्य गणेश चौधरी, भत्रकुण्डा आधारभूत विद्यालयका प्रधानध्यापक दिल्लीराज भण्डारी लगायतका वक्ताले बोल्नु भएको थियो ।
जोगराज चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा वार्षिक आयव्यय प्रस्तुत समुहका सचिव निला कुमारी चौधरीले गर्नु भएको थियो भने सो कार्यक्रमको संचालन भत्रकुण्डा आधारभूत विद्यालयका शिक्षक राजेश चौधरीले गर्नु भएको थियो ।
