अमर क्षितिज/घोराही बिहिबार, फाल्गुण १०, २०८०

दाङ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने रोगका बारेमा घोराही उपमहानगरपालिकाका किसानहरुलाई प्रशिक्षण दिइएको छ ।

घोराही उपमहानगरपालिका पशुसेवा कार्यालयको आयोजनामा आज भएको कार्यक्रममा पशु चौपाया पाल्ने किसानहरुको सानो लापरवाहीका कारण यसखालका रोगीहरुको सख्यां बढ्दै गएको भन्दै सरोकारवालाहरुले यसमा सुधार ल्याउनु पर्ने बताएका छन् ।

मानिसमा देखिने रोगहरु मध्ये ६० प्रतिशत रोगहरु पशु चौपायाबाट बिभिन्न माध्ययमबाट सर्ने भएकाले यसमा सावधानी अपनाउन पनि सरोकारवालाहरु एकमत भएका छन् । रेविज, कोरोना,फित्तेजुका, कालाजार,इन्फ्लुन्जा लगाएतका रोगहरु पशुचौपायबाट बिभिन्न माध्यमका रुपमा मानिसमा देखिने भएकाले पशुचौपायको स्याहारसुसारदेखी त्यसबाट उत्पादित बस्तुहरुको उपभोगमा आम नागरीकहरुले ध्यान दिनुपर्ने पशु चिकित्सकहरुको सुझाव छ ।

त्यस्तै कार्यक्रममा पशु चिकित्सक मनोज वलीले मानिसका आनीवानी सुरक्षित नहुँदा पशुचौपायहरुको मासु,दुध,दिशा, पिसाव,र्याल रगत र पशुहरुसंगको संगतबाट जुनोसिस रोगको संक्रमण मानिसमा बढ्दो भएकाले यसमा सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताए । पछिल्नो १० वर्षमा यसखालका रोगहरुबाट नेपालमा पनि संक्रमितहरु बढ्दै गएको भन्दै मानिसले आफ्ना व्यवहारलाई सुरक्षित बनाउनु नै वुद्धिमानी हुने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमूख हुमा डिसी,वडा नम्बर १० का वडाध्यक्ष दिपक पान्डे, नारायणपुर पशुस्वास्थ्य कार्यालयका हिमप्रसाद शर्मा लगाएतले यसखालका रोगहरुबाट बच्न र अरुहरुलाई पनि बचाउँन सबैको दायित्व भएको भन्दै सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरुमा व्यवसायीकरुपमा पशुपालन गर्दै आएका ३२ जना किसानहरुको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]