
Rgp
Rgp1
Gfs
Pes
pku
cjs
Unsku
Pbu
Djs
Lnp
Srbpu
Sgr
Ggp
sbs

Rsb
Pvg
Bbbpu
Rgu
Gst
Rgs
Bbu
Ksm
Sls
Ggd
Ssm
Asm
Rgu
Wsp
Vor
Sbs
nsb
Tsm
Hal

Gsb
Bml
Rpp
Syp
Ptm
Abd
bbt
Rmb
Jmb
sab
Jmb
Pls
Mks
दाङ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने रोगका बारेमा घोराही उपमहानगरपालिकाका किसानहरुलाई प्रशिक्षण दिइएको छ ।
घोराही उपमहानगरपालिका पशुसेवा कार्यालयको आयोजनामा आज भएको कार्यक्रममा पशु चौपाया पाल्ने किसानहरुको सानो लापरवाहीका कारण यसखालका रोगीहरुको सख्यां बढ्दै गएको भन्दै सरोकारवालाहरुले यसमा सुधार ल्याउनु पर्ने बताएका छन् ।
मानिसमा देखिने रोगहरु मध्ये ६० प्रतिशत रोगहरु पशु चौपायाबाट बिभिन्न माध्ययमबाट सर्ने भएकाले यसमा सावधानी अपनाउन पनि सरोकारवालाहरु एकमत भएका छन् । रेविज, कोरोना,फित्तेजुका, कालाजार,इन्फ्लुन्जा लगाएतका रोगहरु पशुचौपायबाट बिभिन्न माध्यमका रुपमा मानिसमा देखिने भएकाले पशुचौपायको स्याहारसुसारदेखी त्यसबाट उत्पादित बस्तुहरुको उपभोगमा आम नागरीकहरुले ध्यान दिनुपर्ने पशु चिकित्सकहरुको सुझाव छ ।
त्यस्तै कार्यक्रममा पशु चिकित्सक मनोज वलीले मानिसका आनीवानी सुरक्षित नहुँदा पशुचौपायहरुको मासु,दुध,दिशा, पिसाव,र्याल रगत र पशुहरुसंगको संगतबाट जुनोसिस रोगको संक्रमण मानिसमा बढ्दो भएकाले यसमा सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताए । पछिल्नो १० वर्षमा यसखालका रोगहरुबाट नेपालमा पनि संक्रमितहरु बढ्दै गएको भन्दै मानिसले आफ्ना व्यवहारलाई सुरक्षित बनाउनु नै वुद्धिमानी हुने बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमूख हुमा डिसी,वडा नम्बर १० का वडाध्यक्ष दिपक पान्डे, नारायणपुर पशुस्वास्थ्य कार्यालयका हिमप्रसाद शर्मा लगाएतले यसखालका रोगहरुबाट बच्न र अरुहरुलाई पनि बचाउँन सबैको दायित्व भएको भन्दै सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरुमा व्यवसायीकरुपमा पशुपालन गर्दै आएका ३२ जना किसानहरुको सहभागिता रहेको थियो ।
