टीकाबहादुर बस्नेत शुक्रबार, फाल्गुण ०४, २०८०

दाङ । सरकारले शहीद नेत्रलाल पौडेल अभागीको टिकट प्रकाशनमा ल्याएको छ । राजनीति,शिक्षा साहित्यको माध्यमबाट मुलुकको परिवर्तनमा खेलेको योगदानको कदर गर्दै सरकारले अभागीको तस्विर अङ्कित १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा ल्याएको हो ।इमान्दारिता,निर्भीकता,परिर्तनकारी चेतनाले भरिपूर्ण भएका अभागीले ११ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीति क्षेत्रमा सक्रिय देखिए पनि वि.सं. २०२३ देखि राजनीति र शिक्षण पेशालाई एकैसाथ अगाडि बढाउनु भएको थियो । २०२४ सालमा नारायणपुरस्थित सिद्धरत्न माविको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नु भएका अभागीले जिल्लाको शैक्षिक विकासका लागि योगदान पुर्‍याउनु भएको थियो ।

कक्षा कोठामा बढाउँदै गर्दा २०३० सालमा अञ्चलाधीशबाट पक्राउ पूर्जी जारी भएपछि अभागी शिक्षण पेशा छाडेर भूमिगत हुनुभएको थियो ।
दाङ जिल्लामा वि.सं. २०३६ सालमा भएको आन्दोलनमा नेतृत्व लिनुभएका अभागीले पीडित किसानहरुमा वर्गीय चेतना जागृत गर्न र राजनीतिक सहभागिताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

साहित्यको माध्यमबाट परिवर्तनमा भूमिका खेल्नुभएका अभागीका वि. स. २०४१ मा नर्कको कथा खण्डकाव्य, वि.सं. २०४२ मा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कवितासंग्रह, र वि.सं. २०६२ मा वर्गप्रेम कविता सङ्ग्रह प्रकाशित भएका छन् । यसका साथै शुक्रराज (खण्डकाव्य), जिम्वाल चन्द र हली सेते कामीको कथा (काव्य), गंगाचिनी (महाकाव्य), सगरमाथाको चुचुरोमा टेकेर (कविता सङ्ग्रह), लेखथानसे वैरागी काइला सम (नेपाली कविताहरुको थारु भाषामा अनुवाद) लगायत अन्य थुप्रै रचनाहरु अप्रकाशित छन् ।

वि.सं. २०४१ साल जेठ ६ गते मृत्यु भएका अभागीलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरेको थियो । अभागीसँगै सरकारले शहीद कामी बुढा,रामवृक्ष यादव र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको छ । टिकट प्रकाशन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक,सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउनु भएको छ ।

आजको परिवर्तन हजारौंको रगत,पसिना र आँसुको योगफल भएको उल्लेख गर्दै उहाँले कतिपयले नयाँ पुस्तामा आजको परिवर्तन केही पनि होइन वा यो आफै प्राप्त भएजस्तो गरी सन्देश प्रवाह गर्ने गरेकाले पनि नयाँ पुस्तालाई अग्रजहरुको योगदानको कथा सही रुपमा सुनाउनु र बुझाउनु आवश्यक रहेको बताउनु भयो ।

मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा संभव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु दिनानाथ शर्मा र रामकुमारी झाँक्री, शहीद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव,शहीद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेल लगायतले बोल्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]