धर्मेन्द्र कुमार कुर्मी /कपिलवस्तु शुक्रबार, फाल्गुण ०४, २०८०

कपिलवस्तु । जिल्लाकाे महराजगंज नगरपालिकाकाे गनवरिया-शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएकाे छ ।

ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिसवा,शान्ति नगर सम्मको सडक निर्माण कार्यको लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री माननीय डिल्ली बहादुर चौधरीले शुक्रबार शिलान्यास गर्नु भएको हो ।

कार्यक्रम महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खांको अध्यक्षतामा सम्पन्न भएको हो । पुर्वराज्य मन्त्री एवं कांग्रेस नेतृ रिना नेपालकाे पहलमा सडक निर्माण याेजना अघि बढेपनि बाकी बचेकाे कुशहवा बढ्नी बार्डरसम्मकाे बाटाेेलाई समेत समेटेर बजेट बिनियाेजन गरिदिन लुम्बिनी प्रदेश सरकारलाई उपस्थित जनप्रतिनिधिले मन्चबाटै अनुराेध गर्नु भएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले कपिलवस्तु जिल्लाकाे सांस्कृतिक,ओैधाेगिक एवं सशक्त सामाजिक रुपान्तरणमा आफू कटिबद्ध रहेकाे बताउनुभयाे ।

कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेल र बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ लगायत विभिन्न जनप्रतिनिधि र राजनैतिक दलका प्रमुख तथा सशरी बिकास मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]