Sidha Patra बिहिबार, मंसिर ११, २०७७

दाङ । दाङमा साढे ५८ हजार बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईने भएको छ । सरकारले ६/६ महिनामा खुवाउदै आएको भिटामिन ए,जुकाको औषधी र बालविटा आज र भोली खुवाउने कार्यक्रम तय गरेको छ ।

स्वास्थ्य कार्यालय दाङका अनुसार २ दिन ६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ५ सय ७१ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने तयारी गरेको हो । भिटामिन ए सँगै एक बर्ष देखी ५ बर्ष सम्मका ५१ हजार ५ सय ६९ जनालाई जुवाकाको औषधी र ६ महिना देखी २३ महिना सम्मका १९ हजार ७ सय ६७ जना बालबालिकालाई बालविटा खुवाउने तयारी भएको कार्यालयका जनस्वास्थ्य नर्स सीता कुँवरले जानकारी दिनु भयो ।

जिल्लाका दश स्थानिय तहहरुको समन्वयमा ९ सय ३३ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुले ति बालबालिकालाई भिटामिन ए,जुकाको औषधी र बालविटा खुवाउने भएका छन् । विद्यालय,चौतारी,सार्वजनिक भवनहरुमा केन्द्र बनाई खुवाउने तयारी भएको कुँवरले जानकारी दिनु भयो । यस्ता अभियानमा सरदर ९० प्रतिशत बालबालिका मात्रै सहभागि हुने गरेका छन् । जनचेतना नहुदा,केन्द्रको दुरी टाढा हुँदा र जानकारीको अभाबमा औषधी सेवन र खोप कार्यक्रमबाट बालबालिका बन्चित हुने गरेका छन् ।

यसैविच देशभर २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल,६ लाखलाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने परिवार कल्याण महाशाखाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]