Sidha Patra सोमबार, माघ २९, २०८०

काठमाडौं । नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुख्य जनवर्गीय संगठनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै चार महिने रुपान्तरण अभियान र अन्य काममा पनि दुई मुख्य जनवर्गीय संगठनहरू अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्ने बताएका हुन् ।

त्यस्तै ‘जवर्गीय संगठन जसरी चल्नु पर्थ्यो र अभियानमा भूमिका खेल्नु पथ्र्यो त्यस्तो हुन सकेन । त्यसमा पनि मुख्यतः वाईसीएल र विद्यार्थीको भूमिका जस्तो हुनुपर्थ्यो ती दुईवटै संगठन केही आन्तरिक कारणले र केही अन्य कारणले पनि त्यति राम्रो हुन सकेन’, उनले भने, ‘अब हामी जनवर्गीय संगठनलाई सम्मेलनतिर लैजाने, पुनर्गठन गर्ने र नेतृतवको बारेमा सोच्नु पर्ने भएको छ ।’

यस्तै उनले केही पदाधिकारीसँग आफूले छलफल गरिसकेको जानकारी दिँदै आवश्यक परे पूरै नेतृत्व बदल्ने पनि हुनसक्ने बताए । ‘जहिले पनि झगडा, जहिले पनि झगडा गर्नुभन्दा नयाँलाई नेतृत्व दिएर जागरण ल्याउने काम गर्नुपर्छ’, उनले भने ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]