
Rgp
Msbus
Asbus
Sdc
Ksbus
Lnp
Ggp
Ggp
Ksbus


बाँके । कोहलपुर पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८० सुरु भएको शनिबार तेस्रो दिन भएको छ ।
महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक समारोहका बीच बिहीबार उद्घाटन गरेका थिए ।
कोहलपुरमा पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव –२०८० मा लोक गायिका भुमिका गिरी लोक गायक खेम सेन्चुरी लोक गायक पुस्कल शर्मा,मोडल आरुषी अस्लामीले आफ्नो प्रस्तुति दिएका थिए ।
लोक गायिका भुमिका गिरीले आफ्नो प्रस्तुति दिदा भरपुर दर्शकहरु नाचेर झुमेर साथ दिएका थिए । लोक गायक पुस्कल शर्मा,खेम सेन्चुरीले पनि प्रस्तुति दिदा दर्शकहरु नाचेर झुमेर वान्स मोर वान्स मोर भनेर साथ दिएका थिए ।
त्यस्तै मोडल आरुषीको प्रस्तुतिमा दर्शकहरुले भरपूर मनोरञ्जन लिएका थिए । महोत्सवमा शनिबार तेस्रो दिनमा मोडल आरोषीले जिन्दगीमा मलाई दुई कुराले ठग्यो,एउटा मान्छे मन पर्छ बोल्न सक्दिइन्, हेर्दा लाग्छ दयालु साहै छु मायालु, गलबन्दी च्यातियो, घरवाली बनाऊला भन्ने गितमा नाचेर दर्शकहरुलाई पनि नचाएकी थिइन । करिब २५ मिनेट प्रस्तुति दिएकी मगरलाई प्लोरबाट दर्शकले साथ दिएका थिए । मोडल आरुषी अस्लामीलाई दर्शकहरुले नाचेर झुमेर साथ दिएका थिए ।
कोहलपुर मेलामा पटक पटक आएकी मोडल आरुषी अस्लामीले कोहलपुरका दर्शकले आफूलाई रुचाएको र वानस मोर वानस मोर,भनेर भनेकोमा खुसि ब्यत्त गरेकि छिन । शनिबार कोहलपुर पाँचौँ प्रादेशिक औद्योगिक,लघु,घरेलु तथा कृषि, प्रविधि,व्यापार एवम् पर्यटन महोत्सव–२०८०
करिब २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जानकारी गराएको छ।
त्यस्तै आइतबार माघ २८ गते गायिका ज्योति मगर, मोडल अस्मिता पुरी,गायक कुलेन्द्र विश्वकर्मा, उद्घघोषक कोष खड्का राष्ट्रिय कलाकार सहित स्थानीय कलाकारहरु आउने आयोजकले जानकारी गराएको छ ।
