शंकरप्रसाद पोख्रेल/बुटवल आइतबार, माघ २८, २०८०

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले “वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद” विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले अहिले र पहिलेका सत्ताधारीले काठमाडौँमा आफै विदेश पठाउने म्यानपावर खोलेर युवालाई बिदेश पलायनका लागि बाध्य पारिएको धारणा व्यक्त गर्नुभयो ।

‘वर्तमान सत्ताले किसान र मजदुरको पक्षमा सही नीति ल्याउन सकेको छैन । देशमा दलाल पुँजीवाद हावी हुँदा उद्योगधन्दा टाट पल्टिएको छ’ उहाँको भनाइ थियो । उहाँले देशमा अग्रगामी परिवर्तन ल्याउनका लागि वामपन्थी र देशभक्त शक्तिहरूलाई एकजुट बनाएर लैजानुपर्छ भन्ने पक्षमा आफूहरूको स्पष्ट पार्नुभयो ।

त्यस्तै कार्यक्रममा नेकपाका पिबिएम वसन्त सी, स्कुल विभागका भोजराज सी,नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष निर्मल जिसी,राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसी, नेकपा (एमाले) का धितराज पन्थी,नेपाली काङ्ग्रेसका ज्योति भण्डारी,जनता समाजवादी पार्टीका सियाराम यादव,नेकपा (एकीकृत समाजवादी) का टङ्क पोख्रेल,क्रान्तिकारी कम्युनिस्ट पार्टीका लक्ष्मिकान्त पौडेल, पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललगायतको आतिथ्य रहेको थियो ।

यस्तै नेकपाका जिल्ला सेक्रेटरी वीरेन्द्र सीको अध्यक्षता तथा जिल्ला इन्चार्ज सरद ओलीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा सहभागीलाई विश्वास सीले स्वागत गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]