Sidha Patra मंगलबार, मंसिर ०९, २०७७

दाङ । अर्घाखाँची शितगङ्गा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुकबहादुर आलेलाई दाङमा जुवा खेलिरहेको अबस्थामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनले प्रहरीलाई राप्ती गाउँपालिका वडा नं. २ ठेगाना दिएको र नाम पनि रुपेश आले भनेर टिपाएको खुल्न आएको छ ।

यस विषयमा थप अनुसन्धानकालागि भोलि उनको नागरिकता नै मगाउन थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनु भयो । उनीले झुट बोलेका रहेछन् । हामीले बास्तबिक थाहा पायौं खड्काले भन्नू भयो । भोली नागरिकता पनि मगाउने तयारी गरिरहेका छौं उहाँले भन्नू भयो ।

उनीसहित दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटिया स्थित राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अबस्थामा एक लाख ४६ हजार रकम सहित सात जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा प्यूठान सरुमारानी गाउँपालिका वडा नं. ३ निवासी ५० वर्षीय चुमान सिंह सुनार, सोही ठाउँका ३५ वर्षीय अल्ली शाह, सरुमारानी वडा नं. १ का २४ वर्षीय एडिस मिँया, सोही ठाउँका ४० वर्षीय अक्कबर हुसेन मिंया, सोही गाउँपालिका वडा नं. ३ निवासी ४४ वर्षीय कृष्ण बहादुर राना, राप्ती गाउँपालिका वडा नं. २ निवासी यम बहादुर राना रहेका छन् ।

उनीहरुको साथबाट जुवामा प्रयोग हुने १० गड्डी तास र एक थान गलैँचा समेत बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले जानाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]