शर्मिला थापा मगर/नुवाकोट शनिबार, माघ २७, २०८०

नुवाकोट । क्षयराेगकाे नि:शुल्क उपचार गराैं, विश्वबाट क्षयरोग भगाऔं भन्ने मुल नाराका साथ नुवाकोट दरवार परिशरमा शनिवारका दिन विदुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य आनन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन प्रमुख अतिथिबाट ब्यानर पढि डा. रबर्ट कक नेपाल क्षयरोग निवारण संस्थाका संस्थापक र नुवाकोटका संस्थापक श्याम सुन्दर श्रेष्ठकाे फाेटाेमा फुल माल्यार्पण गरि गरिएको थियाे । साधारणसभामा प्रगति प्रतिवेदन नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोट अध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष निरनमान डंगाेलले गर्नु भएको थियाे भने आर्थिक प्रगति प्रतिवेदन काेषाध्यक्ष शर्मिला श्रेष्ठले १ लाख ४० हजार गतबर्षकाे आर्थिक काराेबार भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे ।

त्यस्तै मन्तब्यका क्रममा नेपाल क्षयराेग निवारण संस्थाका आजिवन सदस्य भगवान राना मगर, दिपक राना मगर र श्यामनारायण डंगाेलले शुभकामना मन्तब्य राख्नुका साथै क्षयराेग निवारण जस्ताे सामाजिक कार्यमा यूवापुस्तालाई अब अगाडि बढाउनु पर्ने,सबै पालिका र स्थानिय स्तरसम्म संस्थाले पुगेर कार्य गर्नुपर्ने कुरालाई उठान गर्नु भएको थियाे । यसैगरि कार्यक्रमका प्रमुख अतिथिले यस संस्थालाई कार्यक्रमहरु संचालन गर्न सक्दाे समन्वयका साथै वडामा बार्षिक रुपमै बजेटकाे व्यवस्थापन गर्न सहयाेग गर्ने प्रतिबद्धता जानाउनु भएको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]