
Srbpu
Sgr
Rgp
Lnp
Unsku
Pbu
Rgp1
pku
Ggp

Gst
Bbu
Vor
Asm
Rgu
nsb
Tsm
Sbs
Rgs
Ggd
Rsb
Ksm
Wsp
Bbbpu
Rgu
Sls
Ssm
Hal
Pvg

Jmb
Rpp
Pls
Syp
Bml
sab
Gsb
Jmb
Abd
Rmb
Ptm
Mks
bbt
दाङ । केही वर्ष अघि जलवायु परिवर्तनको असरका विषयमा हिमालयका हिउँ पग्लिएको विश्वको ध्यानाकर्षण गर्नका लागि कालापत्थरमा मन्त्री परिषदको बैठक राखिएको थियो।
तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठक समेत जलवायु परिवर्तनको असर र त्यस क्षेत्रको विषयमा ध्यानाकर्षण गराउनकालागि सोमबार बैठक आयोजना गरिएको छ । चैत महिनामा फूल्ने गुराँसको फूल चैत महिनामै पाक्ने चैते काफल माघ महिनामै फूलेका छन् भने काफल पनि पाक्दै छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको थर्कोट दाङ जिल्लाकै उचाइमा रहेको पहाडी भूगोल हो । नेपाल एकीकरण पूर्व सल्यानका फलावाब्गी राजा तुलसीपुर आवतजावतका क्रममा बिसाउने पहाडी क्षेत्र थियो कुनै बेला थर्कोट । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले जलवायु परिवर्तनसँग जुध्ने नीति तथा कार्यक्रममा पालिका स्तरबाट समेत क्ष्नर्माइामा सहयोग पुगोस भन्ने उदेश्यले कार्यपालिका बैठक आयोजना गरिएको बताएका छन । उनले थर्कोट पहाडका विषयमा एतिहासिक,धार्मिक,पर्यावरणिय क्षेत्रका विषयमा समेत पालिकास्तरबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापनमा सबैको ध्यान पुगोस भन्ने हिसाबले बैठक आयोजना गरिएको बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकावडा नम्बर ३ का वडा अध्यक्ष वीरबहादुर विश्वकर्माले ऐतिहासिक र पर्यावरणका दृष्टिकोनले महत्वपूर्ण ठानिएको थर्कोटमा कार्यपालिका बैठक आयोजनासँगै त्यस क्षेत्रको विकासमा तीन तहका सरकारको ध्यान पुग्ने अपेक्षा गरेको बताए । यस्तै उनले थर्कोटमा नेपालमा अङ्ग्रेज शासकहरुको आक्रमणलाई परास्त गर्नका लागि त्यो समयमा समेत थुपारेर राखेका ढुंगा अझैरहेको बताए।
