तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, माघ २२, २०८०

दाङ । समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत उत्कृष्ट कार्यसम्पादन मूल्याङ्कनका आधारमा दाङको राप्ती गाउँपालिका सहित लुम्बिनी प्रदेशका ३ स्थानीय तहहरु सम्मानित भएका छन् ।

उक्त परियोजना लागू भएका लुम्बिनी प्रदेशका २५ वटा स्थानीय तहहरुमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा दाङको राप्ती गाउँपालिका सहित बाँकेको बैजनाथ गाँउपालिका र रूपन्देहीकाे सैनामैना नगरपालिका उत्कृष्ट गाउँपालिकाकाे रुपमा छनाेट भई सम्मानित भएका हुन्।

लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी अन्तर्गत भालुबाङमा साेमबार एक कार्यक्रमकाे आयोजना गरि ती स्थानीय तहहरुलाई प्रशंसापत्र प्रदान गरि सम्मान गरिएको हाे।

लुम्बिनी प्रदेश वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सचिव मोहनराज काफ्लेकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्मानित हुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,रेड कार्यान्वयन केन्द्रका प्रतिनिधि ,विश्व बैंकका प्रतिनिधि,वन प्राविधिकहरु लगायतकाे सहभागिता रहेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]