
Unsku
Lnp
pku
Rgp
Rgp1
Ggp
Srbpu
Sgr
Pbu

Wsp
Hal
Sbs
Rgu
Tsm
Vor
Bbu
Rsb
Rgs
nsb
Ggd
Asm
Ksm
Bbbpu
Rgu
Ssm
Pvg
Sls
Gst

Gsb
bbt
Syp
sab
Mks
Jmb
Jmb
Ptm
Rmb
Pls
Bml
Rpp
Abd
दाङ । गढवा गाउँपालिकाको गाउँ सभाको १४औं अधिवेशन सुरु भएको छ । आइतबारदेखि गाउँपालिकाको सभाहलमा १४ औं अधिवेशनको पहिलो बैठक सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो।
गढवा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अधिवेशन शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । गाउँ सभाको पहिलो बैठकमा बिध्येक समितिका संयोजक लेख बहादुर थापा दुई वटा विध्येक प्रस्तुत गर्नु भएको थियो।
आर्थिक रुपले विपन्न,सिमान्तकृत,विपन्न दलित, अशक्त तथा लोपोन्मुख नागरिकहरुलाई सामाजिक न्यायका सम्बन्धमा व्यवस्था गर्न बनेको विध्येक सामाजिक न्याय सम्बन्धी – २०८० र गढवा गाउँपालिकाको कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसाय संरक्षण,प्रवर्द्धन,आधुनिकीकरण तथा व्यवस्थापन गर्न बनेको विध्येक स्थानीय कृषि तथा पशुपंक्षी – २०८० प्रस्तुत गर्नु भएको थियो।
त्यसैगरी लेखा समिति संयोजक आशाराम चौधरीले लेखासमितिको प्रतिबेदनमा मालेपले औल्याएको बेरुजु रकमको बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उक्त दुबै विधेयकमा अर्को गाउँसभाको बैठमा सदस्यहरुले राय सुझाव तथा संशोधनसम्बन्धी प्रस्ताव पेश गर्न सक्ने बताईएको छ ।
गढवा गाउँपालिका गाउँ सभाको १४औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी,विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु, शाखा प्रमुखहरू लगायतकाको उपस्थिति रहेको थियो।
