
Pbu
pku
Lnp
Rgp1
Ggp
Srbpu
Sgr
Unsku
Rgp

Sbs
Rgu
Wsp
Hal
Rgs
Vor
Ggd
Bbbpu
Ksm
Rgu
Gst
Rsb
Ssm
nsb
Tsm
Asm
Bbu
Pvg
Sls

Mks
Syp
Ptm
Jmb
Pls
Rmb
Gsb
sab
bbt
Rpp
Abd
Bml
Jmb
दाङ । अप्टिमिस्ट क्लब घोराहीले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झिंगौरालाई खाद्यान्न सहयोग एवं हस्तान्तरण गरेको छ । क्लवको स्थापना दिवसको अवसरमा नवजीवन केन्द्रमा बस्ने अपाङ्गहरुका लागि खाद्यान्न वितरण गरिएको हो ।
नवजीवन केन्द्रमा बस्ने अपाङ्गहरुका लागि खाद्यान्न अभाव भएको खबर सुनेर स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण गरेको क्लवका अध्यक्ष सनत गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार फेब्रुअरी १ का दिन हरेक वर्ष रचनात्मक कार्य गर्दै अप्टिमिस्ट क्लवहरुले स्थापना दिवस मनाउँदै आएका छन् ।
कार्यक्रममा बोल्दै नवजीवन केन्द्रका कार्यवाहक अध्यक्ष निशान्त आचार्यले दाताहरुको सहयोगबाट केन्द्र सञ्चालनमा आएको बताउनुभयो । विभिन्न अवसर पारेर दाताहरुले प्रदान गर्ने सहयोगले केन्द्रमा बस्ने अपाङ्गहरुको लालनपालन गर्न सघाउ पुग्ने भन्दै आचार्यले सहयोग प्रदान गरिदिन सबै संघसंस्थालाई आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक प्रदिप सिंहको स्वागत मन्तव्यबाट भएको कार्यक्रममा गणतन्त्र दैनिकका सम्पादक टीकाबहादुर बस्नेत, त्रिभुवननगर जेसीजका अध्यक्ष रविकिरण केसी लगायतले अप्टिमिस्ट क्लवले स्थापना दिवसको अवसरमा वनजीवन केन्द्रलाई सहयोग गर्नु स्वागतयोग्य कदम भएको बताउनु भएको थियो ।
त्यस्तै वक्ताहरुले जिल्लाका संघसंस्थाले प्रदान गर्ने सहयोगलाई सदुपयोग गर्नतर्फ नवजीवन केन्द्र लगायतका संस्थालाई सुझाव दिनुभएको थियो । कार्यक्रमको सञ्चालन क्लवका निर्देशक किरण गौतमले गर्नुभएको थियो ।
