टीकाबहादुर बस्नेत बिहिबार, माघ १८, २०८०

दाङ । अप्टिमिस्ट क्लब घोराहीले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झिंगौरालाई खाद्यान्न सहयोग एवं हस्तान्तरण गरेको छ । क्लवको स्थापना दिवसको अवसरमा नवजीवन केन्द्रमा बस्ने अपाङ्गहरुका लागि खाद्यान्न वितरण गरिएको हो ।

नवजीवन केन्द्रमा बस्ने अपाङ्गहरुका लागि खाद्यान्न अभाव भएको खबर सुनेर स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण गरेको क्लवका अध्यक्ष सनत गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार फेब्रुअरी १ का दिन हरेक वर्ष रचनात्मक कार्य गर्दै अप्टिमिस्ट क्लवहरुले स्थापना दिवस मनाउँदै आएका छन् ।

कार्यक्रममा बोल्दै नवजीवन केन्द्रका कार्यवाहक अध्यक्ष निशान्त आचार्यले दाताहरुको सहयोगबाट केन्द्र सञ्चालनमा आएको बताउनुभयो । विभिन्न अवसर पारेर दाताहरुले प्रदान गर्ने सहयोगले केन्द्रमा बस्ने अपाङ्गहरुको लालनपालन गर्न सघाउ पुग्ने भन्दै आचार्यले सहयोग प्रदान गरिदिन सबै संघसंस्थालाई आग्रह गर्नुभयो ।

कार्यक्रम संयोजक प्रदिप सिंहको स्वागत मन्तव्यबाट भएको कार्यक्रममा गणतन्त्र दैनिकका सम्पादक टीकाबहादुर बस्नेत, त्रिभुवननगर जेसीजका अध्यक्ष रविकिरण केसी लगायतले अप्टिमिस्ट क्लवले स्थापना दिवसको अवसरमा वनजीवन केन्द्रलाई सहयोग गर्नु स्वागतयोग्य कदम भएको बताउनु भएको थियो ।

त्यस्तै वक्ताहरुले जिल्लाका संघसंस्थाले प्रदान गर्ने सहयोगलाई सदुपयोग गर्नतर्फ नवजीवन केन्द्र लगायतका संस्थालाई सुझाव दिनुभएको थियो । कार्यक्रमको सञ्चालन क्लवका निर्देशक किरण गौतमले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]