ओमप्रकाश गुप्ता बिहिबार, माघ १८, २०८०

दाङ । ब्लड डोनर्स सोसाइटी नेपालले सुरू गरेको मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान देउखुरी आइपुगेको छ।

बुधबार सो संस्थाले आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियामा रक्तदानका विषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ । आशाका किरण संस्थाको सहकार्य तथा समन्वयमा सो कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलको अध्यक्षतामा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई रगत दान किन गर्ने, यसको फाइदा लगायतका विषयमा सुसुचित गराइएको छ ।

कार्यक्रमको सहजीकरण ब्लड डाेनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, महासचिव अन्जन दवाडी, सल्लाहकार बालचन्द्र पोख्रेलले गरेका थिए । भने कार्यक्रमको सञ्चालन आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।

ब्लड डोनर्स सोसाइटी नेपालले पहिलो चरणमा देशका २८ जिल्लाका ५० स्थानहरुमा रक्तदान तथा यस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुसार हाल २७ जिल्लाका ४१ स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको र अब कपिलवस्तु र नवलपुरमा कार्यक्रम हुने छ । गत पुस ७ गते झापाबाट यो अभियान सुरु गरेको संस्थाले तराई र पहाडका विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न गरेको संस्थापक अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

सो अभियान अहिले पश्चिम नेपालको सुर्खेत र दाङको घोराही र राप्तीमा कार्यक्रम सम्पन्न गरि भोली कपिलवस्तुमा कार्यक्रम गर्ने छ भने माघ २१ गते चितवनमा पुगेर भव्य समारोहका बीच अभियानको समापन हुने छ । स्थानीय तह, सामाजिक अभियन्ता, नगरपालिका र विभिन्न संघसंस्था सँग समन्वय गरी अभिमुखीकरण कार्यक्रम र सम्भव भएको स्थानमा रक्तदान कार्यक्रम पनि गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न कलेजका विद्यार्थीलाई सुसूचित गराउने कार्य भइरहेको अधिकारीले बताएका छन् ।

‘रगतको अभाव भइरहेको अहिलेको समयमा ‘एक घर एक रक्तदाता’ भन्ने नाराका साथ युवामा सचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरेको र यसले रगत अभावको समस्यामा केही सहयोग गर्ने अपेक्षा आफुहरूले राखेकाे अधिकारीले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]