Sidha Patra बुधबार, माघ १७, २०८०

दाङ । तुलसीपुरमा ५ वर्षदेखि सेराजेम मेसिन थर्मल थेरापी पद्धतिबाट नि:शुल्क रुपमा थेरापी सेवा प्रदान हुँदै आएको छ ।

मानव स्वास्थ्य जीवनको आजीवन नि:शुल्क रुपमा वैज्ञानिक तथा प्रमाणित तापिय उपचार विधिको प्रयोगगरी निकै सरल तरिकाबाट हरेक रोगको समस्या समाधान गर्ने उद्देश्यले प्राकृतिक तरिकाबाट रेखदेख कोरियन थर्मल थेरापी मेसिनबाट थेरापी सेवा दिइदै आइएको छ ।

दाङ जिल्ला लयागत देशभरमा विभिन्न जिल्लामा गरी ३८ वटा सेराजेम थेरापी सेन्टरबाट यो सेवा नि:शुल्क रुपमा प्रदान भइरहेको छ । उक्त थेरापी सेन्टरबाट नि:शुल्क रुपमा थेरापीबाट उपचार सेवा लिन थालेपछि कतिपयले नयाँ जीवन पाएका छन् भने कतिपयको स्वाथ्यमा सुधार हुँदै गएको छ ।
नेपालमा विक्रम सम्वत २०६९ साल जेष्ठ ३१ गतेबाट संचालनमा ल्याएको रारा सुर्खेत केयर टेड प्रालिद्वारा संचालन भइरहेको र तुलसीपुरमा निर्दिप केयर प्रालिको नामबाट थेरापी सेन्टर संचालन भएरहेको सेन्टरका प्रमुख रमेश शाहीले बताउनु भयो ।

त्यस्तै प्राकृतिक तरिकाबाट रेखदेख कोरियन थर्मल थेरापी मेसिनबाट थेरापी गर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार थेरापी सेन्टरमा अहिने दैनिक २ सय भन्दा धेरैले थेरापी सेवा लिइरहेका छन् । मानिसहरुको टाउकोदेखि खुट्टासम्म हुने हरेक रोगहरुको निदानका लागि थेरापी सेवा उपलव्ध रहेको उहाँले बताउनुभयो ।

यस्तै मुटुको नली फेरेको, स्पाइनमा रड राखेको,गर्भवती महिला,अत्यधिक ज्वरो आएको व्यक्ति र लागु पदार्थ सेवन तथा जाँड,रक्सी खाएको व्यक्तिलाई बाहेक अन्य सबै रोगको थेरापीबाट उपचार गरिने प्रमुख शाहीको भनाइ छ । यस सेन्टरको मुख्य कार्यालय दक्षिण कोरियामा रहेको छ भने कर्पोरेट कार्यालय अमेरिकामा रहेको शाहीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]