Sidha Patra बुधबार, माघ १७, २०८०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ ।

बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिनु भयो । त्यस्तै मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवै जनाको घट्नास्थलमै ज्यान गएको हो ।

यस्तै दुर्घटनामा घाइते हुने चार भुटानी र एक नेपाली नागरिक रहेको प्रहरी निरीक्षक यादवले बताउनु भयो । घाइते हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची र ५६ वर्षीय फुँङ रहेका छन् । त्यस्तै घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]