
Sgr
Ggp
Lnp
Rgp
Unsku
Srbpu
Pbu
Rgp1
pku

Bbbpu
Rgs
Rgu
Bbu
Ksm
Gst
Vor
Rsb
Sls
Wsp
Sbs
Hal
Tsm
Rgu
Pvg
Ggd
Asm
nsb
Ssm

Pls
sab
Syp
Ptm
Gsb
Jmb
Rpp
Abd
Jmb
bbt
Bml
Mks
Rmb
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बैदेशिक रोजगारका लागि तेस्रो मुलुक पुगेर फर्किएका सबै नेपालीले सम्मान पुर्वक समाजमा बाच्न पाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।
बैदेशिक रोजगारीमा गएका महिला पुरुषलाई समाजले हेर्ने दृष्टि फरक भएकोले मैले यस्तो धारणा राखे’- उहाँले भन्नु भयो । यस्तो सोचाइ राख्नु गलत हो यो कुराको सबैले विरोध गर्नु पर्ने उहाँले बताउनु भयो ।
वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका सहभागीलाई प्रमाणपत्र वितरण तथा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख चौधरीले सो कुरा बतानु भएको हो ।
वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका सहभागीलाई प्रमाणपत्र वितरण तथा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रमको समापन गर्दै नगर प्रमुख चौधरीले रोजगारका लागि बाहिर गएकाहरुले देशको अर्थतन्त्रमा टेवा पुर्याएका छन्, उनीहरुले घरमा पठाएको रकमलाई कसरी सुरक्षित राख्ने, कसरी अन्य कुनै क्षेत्रमा लगानी लगाउने भन्ने बारे परिवारले राम्रोसंग सोच्नु पर्छ’- प्रमुख चौधरीले भन्नु भयो । उनीहरुले घर पठाएको वित्तीयलाई संचित गर्ने तर्फ सबैको ध्यान जान जरुरी रहेको उहाँको भनाई छ ।
त्यसैगरी लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमले सहभागीहरुलाई उत्प्रेरणा प्रदान गरेको बताउनु भयो । बैदेशिक रोजगारीमा गएका हाम्रा दाजुभाई दिदीबहिनी आफै पनि मानसिक समस्यामा परेको हामीले सुन्दै आएका छौं, अब यो तालिम ल्याई सकेपछि सबैले आ-आफ्ना परिवारमा तनावमुक्त हुने खालको वातावरण सिर्जना गर्नु पर्छ र उनीहरुले दु:ख गरेर घर पठाएको पैसालाई कसरी जोगाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन सबैलाई आग्रह गर्नु भएको छ ।
लमही नगरपालिका पशु शाखाका प्राविधिक गणेश चौधरीले सीप र तालिम मात्र लिएर काम गर्न सकिन्छ भन्ने हुँदैन, भोगाईर सिकाईबाट पनि राम्रो ज्ञान लिन सकिने बताउनु भयो । पशु चिकित्सक सहितको सेवा प्रवाह गरिरहेको जानकारी गराउदै आवश्यकताको आधारमा प्राविधिक गाउँमा गएर पनि सेवा दिने गरेको उहाँको भनाई छ ।
कृषि शाखाका कमलराज विसीले कृषि खेती गर्दा प्राविधिक रुपमा राम्रो जानकारी हुन जरुरी रहेको बताउनु भयो । कृषकहरु थुप्रै समस्या लिएर नगरपालिका आउने गरेको बताउदै कार्यालयमा आउँदा बालिनालीमा लागेको रोगको नमूना लिएर आउन कृषकलाई आग्रह गर्नु भयो ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, वडा नम्बर -३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी र वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।
लमही नगरपालिका -१ नर्तीकी कविता श्रेष्ठले कुखुरा पालन गर्दै आएको र व्यवसायीक रुपमा गर्न खोज्दा आर्थिक समस्या भएकोले नगरपालिकाले आर्थिक सहयोग गरिदिन आग्रह ।
लमही नगरपालिका -८ बिजुलीपुरकी सीता चौधरी ले छाडा पशु चौपायाले सताएको । उत्पादन गरेका तरकारीको बजारीकरण नहुदा समस्या भएको छ । लमही नगरपालिका -३ नारायणपुरकी गोमा वलीले कुखुरा पालनमा प्राविधिक ज्ञानको तालिम दिन जरुरी रहेको बताउनु भयो ।
लमही नगरपालिका -१ नर्तीकी शान्ता पौडेलले कागती खेती गर्दा आवश्यक पर्ने प्राविधिक ज्ञान, सिंचाइको आवश्यकता भएकोले त्यो समस्या न्यूनीकरण गरिदिन आग्रह गर्नु भयो । त्यसैगरी सोही गाउँकि कविता उपाध्यायले सीपमूलक तालिमको आवश्यक रहेको बताउनु भयो ।
सहभागीबाट उठेका प्रश्नको जिज्ञासा वडा अध्यक्ष तथा सम्बन्धित शाखाका प्रतिनिधिले मेटाउनु भएको थियो । सामी कार्यक्रम दाङ जिल्ला संयोजक बसन्ता पुनले जनप्रतिनिधि, कर्मचारी र सहभागी विचमा समन्यवकारीको भूमिका निर्बाह गर्नु भएको थियो ।
नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो । कार्यक्रममा झण्डै एक सय बढी वैदेशिक रोजगारीका लागि गएर फर्किएका तथा उनिहरुको घर परिवारहरुको सहभागिता रहेको थियो ।
