प्रिया स्मृति गजमेर/लमही सोमबार, माघ १५, २०८०

दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सकेसम्म स्वदेशमै बसेर स्वरोजराग बन्नु पर्ने बताउनु भएको छ ।

पालिकाले थुप्रै सीपमूलक तालिमको आयोजना गर्दै आएको छ,कृषि,पशुपालन,उद्यम जस्ता क्षेत्रमा लगानी गरेको छ, ती तालिम लिने र आफ्नै व्यवसाय गर्नुस”- नगर प्रमुख चौधरीले भन्नू भयो । वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरूका संजालको क्षमता विकास सम्बन्धि आयोजना गरेको दुई दिने कार्यक्रमको समापनका क्रममा प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

लमही नगरपालिकाद्वारा स्थापना गरेको आप्रवासी स्रोत उपकेन्द्रले अन्य तीनवटा पालिकाका जनतालाई समेत सेवा दिएको बताउनु भयो । हरेक वडाबाट सूचना संकलन गरेर नगरपालिकामा जानकारी गराउन आज गठित संजाललाई निर्देशन दिनु भयो । वैदेशिक रोजगारका सवालमा सकेजति जनतालाई सेवा दिनु पर्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

त्यस्तै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले वैदेशिक रोजगारमा जान चाहानेहरुलाई राम्रो परामर्श दिने कुरामा विश्वास व्यक्त गर्नु भयो । नगरपालिकामा गठन भएको संजाललाई बलियो गराउनका लागि नगरपालिका सहयोग रहने उपप्रमुख योगीको भनाई छ । नगरपालिकाको आन्तरिक स्रोतबाट संजाललाई निरंतरता दिने भन्दै संजालमा रहेका पदाधिकारीलाई जोश जांगरका साथ काम गर्न निर्देशन दिनु भयो ।

लमही नगरपालिका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाकि मनोसामाजिक परामर्श कर्ता निमा भट्टराईले गर्नु भएको थियो ।

नगरपालिका स्तरीय श्रमिक संजाल गठन लमही नगरपालिका स्तरीय आप्रवासी श्रमिक संजाल गठन भएको छ । जस्को अध्यक्षमा पहल सिंह पुन,उपाध्यक्षमा सिमा चौधरी, कोषाध्यक्षमा मदन कुमार श्रेष्ठ,सचिवमा दोर्ण बहादुर अधिकारी, सहसचिवमा राजकुमार चौधरी चयन हुनु भएको छ । त्यस्तै राजेश कुमार चौधरी,भानु सुनार,विश्वमणी चौधरी,दीपक कुमार चौधरी,बलिराम चौधरी,प्रेरणा पछाई,किसमान चौधरी र विनोद चौधरी सदस्यमा रहनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]