Sidha Patra सोमबार, माघ १५, २०८०

रुकुम पश्चिम । ड्युटीमा रहेका २ जना प्रहरीलाई कुटपिट गरि फरार रहेका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा ४ जनालाई पक्राउ गरिएको बताउनु भएको छ ।

त्यस्तै पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा नम्बर ५ का २२ वर्षीय कैलाश पुरी र वडा नम्बर ६ का १५ वर्षीय बालक रहेका छन् ।

सोमबार आज प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आइतबार साँझ जिल्लाको बाँफिकोट–३ स्यार्पुमा ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानहरु महेन्द्रबहादुर शाही र हिमराज खड्का माथि कुटपिट भएको थियो ।

त्यस्तै प्रहरीका अनुसार होहल्ला गर्दै हिँडेका युवालाई सम्झाउन खोज्दा प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार भएको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]