
Sgr
Pbu
Rgp1
Srbpu
pku
Ggp
Unsku
Lnp
Rgp

Tsm
nsb
Sls
Sbs
Rsb
Asm
Rgu
Gst
Rgu
Bbu
Ggd
Hal
Vor
Rgs
Wsp
Ssm
Ksm
Pvg
Bbbpu

Abd
sab
Rmb
Jmb
Gsb
bbt
Bml
Syp
Jmb
Ptm
Pls
Mks
Rpp
रुकुम पश्चिम । ड्युटीमा रहेका २ जना प्रहरीलाई कुटपिट गरि फरार रहेका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा ४ जनालाई पक्राउ गरिएको बताउनु भएको छ ।
त्यस्तै पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा नम्बर ५ का २२ वर्षीय कैलाश पुरी र वडा नम्बर ६ का १५ वर्षीय बालक रहेका छन् ।
सोमबार आज प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आइतबार साँझ जिल्लाको बाँफिकोट–३ स्यार्पुमा ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानहरु महेन्द्रबहादुर शाही र हिमराज खड्का माथि कुटपिट भएको थियो ।
त्यस्तै प्रहरीका अनुसार होहल्ला गर्दै हिँडेका युवालाई सम्झाउन खोज्दा प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार भएको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो ।
