
Lnp
Ggp
Sgr
Srbpu
Unsku
Rgp1
Pbu
pku
Rgp

Gst
Ssm
Ksm
Pvg
Bbu
Sbs
Rsb
Sls
Bbbpu
Rgs
Vor
Rgu
Rgu
Wsp
Hal
Asm
Tsm
Ggd
nsb

Ptm
Syp
Pls
Mks
Rmb
Rpp
bbt
Jmb
Jmb
sab
Abd
Bml
Gsb
दाङ । गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलाप कर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आइतबार गढवा २ पुतलीबजारमा सम्पन्न भएको छ ।
मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गढवा गाउँपालिका न्यायिक समितिको आयोजना सम्पन्न भएको हो।
न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा संयोजक शारदा कुमारी चौधरीले बोलि व्यवहारको विकास गर्न सके मेलमिलाप कर्ताहरुको लागि पुनरताजगि कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर १ कावडा अध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिकाको न्यायिक समितिले नमुनाकामहरु गर्दै आएको बताउनु भयो । जटिलभन्दा जटिल बर्षौदेखिको मुद्दाहरु सजिलै मेलमिलापगरि मिलाएको बताउदै न्यायिक समितिको कार्यसम्पादन उत्तम भएको बताउनु भयो । आउने दिनहरुमा सामुदायिक मेलमिलापकर्ताले वडा कार्यालय बाटै मेलमिलाप गर्ने शुभारम्भ गरे जनतालाई सहज हुने बताउनु भयो । सबैको पहुँचको आधारमा मेलमिलापकर्ताहरुको उपस्थिति हुने गरी कार्यक्रम अघि बढाउन सुझाव समेत दिनु भयो।
मेलमिलापकर्ताका लागि पुनरताजगि कार्यक्रममा विवाद,मेलमिलापको पद्धति,मेलमिलाप सम्वन्धि प्रचलित कानुनी व्यवस्था,मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया,विवाद छनौट,मेलमिलापकर्ताका गुणहरु र मेलमिलापका आचारसंहिता,सहमतीय निकास लगायतका विविध पक्षमाथि छलफल गरिएको थियो । पुनरताजगि कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले वडा नम्बर १, २ र ३ का सामुदायिक मेलमिलापकर्ताहरुलाई सफत समेत खुवाउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा न्यायिक समिति सदस्य देवीलाल थारु कुमाल,उजुरी प्रशासक सुरेश पौडेल,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रेरणा चन्द,२ नम्बर वडाका सचिव अनिशा चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।
