आलोक भावुक/गढवा आइतबार, माघ १४, २०८०

दाङ । गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलाप कर्ताहरुका लागि पुनरताजगि कार्यक्रम आइतबार गढवा २ पुतलीबजारमा सम्पन्न भएको छ ।

मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गढवा गाउँपालिका न्यायिक समितिको आयोजना सम्पन्न भएको हो।

न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा संयोजक शारदा कुमारी चौधरीले बोलि व्यवहारको विकास गर्न सके मेलमिलाप कर्ताहरुको लागि पुनरताजगि कार्यक्रमले ठूलो सहयोग पुग्ने बताउनु भयो ।त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर १ कावडा अध्यक्ष बाबुराम अधिकारीले गढवा गाउँपालिकाको न्यायिक समितिले नमुनाकामहरु गर्दै आएको बताउनु भयो । जटिलभन्दा जटिल बर्षौदेखिको मुद्दाहरु सजिलै मेलमिलापगरि मिलाएको बताउदै न्यायिक समितिको कार्यसम्पादन उत्तम भएको बताउनु भयो । आउने दिनहरुमा सामुदायिक मेलमिलापकर्ताले वडा कार्यालय बाटै मेलमिलाप गर्ने शुभारम्भ गरे जनतालाई सहज हुने बताउनु भयो । सबैको पहुँचको आधारमा मेलमिलापकर्ताहरुको उपस्थिति हुने गरी कार्यक्रम अघि बढाउन सुझाव समेत दिनु भयो।

मेलमिलापकर्ताका लागि पुनरताजगि कार्यक्रममा विवाद,मेलमिलापको पद्धति,मेलमिलाप सम्वन्धि प्रचलित कानुनी व्यवस्था,मेलमिलापको सीप, मेलमिलाप प्रक्रिया,विवाद छनौट,मेलमिलापकर्ताका गुणहरु र मेलमिलापका आचारसंहिता,सहमतीय निकास लगायतका विविध पक्षमाथि छलफल गरिएको थियो । पुनरताजगि कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले वडा नम्बर १, २ र ३ का सामुदायिक मेलमिलापकर्ताहरुलाई सफत समेत खुवाउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा न्यायिक समिति सदस्य देवीलाल थारु कुमाल,उजुरी प्रशासक सुरेश पौडेल,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रेरणा चन्द,२ नम्बर वडाका सचिव अनिशा चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]