तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, माघ १४, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका कृषकहरुलाई लहरेबाली खेती तथा थी.जी. कटिङ प्रबिधि सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ।

राप्ती गाउँपालिका दाङकाे सहयोग तथा राप्ती गाउँपालिका स्तरीय कृषक समन्वय समितिकाे आयोजनामा आईतवार मसुरीयामा साे तालिम प्रदान गरिएको हाे।

कृषक समन्वय समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हाे।

साे अवसरमा बाेल्दै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले किसानहरुले माैसमी खेती गर्दा उत्पादन गरेको बस्तुले उचित मूल्य र बजार नपाउने बताउदै कृषकहरुलाई बेमौसमी खेती तर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले कृषकहरूले खेतीपाती गर्दा थाेरै क्षेत्रफलमा धेरै प्रकारका बाली लगाउनु भन्दा एकै प्रकारकाे बाली धेरै क्षेत्रफलमा लगाए बिक्रीवितरण गर्न समेत सहज हुने बताउनु भयो । पछिल्लो समय उत्पादन वृद्धि गर्ने नाममा विभिन्न बालीमा रासायनिक मल र विषादीकाे जथाभावी प्रयोग बढेकाे प्रति चिन्ता व्यक्त गर्दै उपाध्यक्ष चाैधरीले यसकाे असर अन्तत मानिसहरूमा नै हुने भएकाले त्यस तर्फ सचेत हुन आवश्यक रहेको बताउनुभयो।

यस्तै गाउँपालिकाका विभिन्न वडाका कृषक समूहका सदस्यहरुकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षकहरुमा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख जिवराज पाैडेल,कृषि विकास शाखा प्रमुख बरसाती गडरिया र कृषि अधिकृत प्रदिप खत्री रहनु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]