
Pbu
Srbpu
Rgp
Unsku
pku
Sgr
Rgp1
Lnp
Ggp

Ksm
Rgu
Asm
nsb
Tsm
Pvg
Bbbpu
Wsp
Sls
Rsb
Rgu
Ggd
Ssm
Sbs
Bbu
Vor
Gst
Rgs
Hal

Abd
Bml
Ptm
bbt
Mks
Rmb
Pls
Gsb
Jmb
Rpp
Jmb
Syp
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका कृषकहरुलाई लहरेबाली खेती तथा थी.जी. कटिङ प्रबिधि सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ।
राप्ती गाउँपालिका दाङकाे सहयोग तथा राप्ती गाउँपालिका स्तरीय कृषक समन्वय समितिकाे आयोजनामा आईतवार मसुरीयामा साे तालिम प्रदान गरिएको हाे।
कृषक समन्वय समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हाे।
साे अवसरमा बाेल्दै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले किसानहरुले माैसमी खेती गर्दा उत्पादन गरेको बस्तुले उचित मूल्य र बजार नपाउने बताउदै कृषकहरुलाई बेमौसमी खेती तर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले कृषकहरूले खेतीपाती गर्दा थाेरै क्षेत्रफलमा धेरै प्रकारका बाली लगाउनु भन्दा एकै प्रकारकाे बाली धेरै क्षेत्रफलमा लगाए बिक्रीवितरण गर्न समेत सहज हुने बताउनु भयो । पछिल्लो समय उत्पादन वृद्धि गर्ने नाममा विभिन्न बालीमा रासायनिक मल र विषादीकाे जथाभावी प्रयोग बढेकाे प्रति चिन्ता व्यक्त गर्दै उपाध्यक्ष चाैधरीले यसकाे असर अन्तत मानिसहरूमा नै हुने भएकाले त्यस तर्फ सचेत हुन आवश्यक रहेको बताउनुभयो।
यस्तै गाउँपालिकाका विभिन्न वडाका कृषक समूहका सदस्यहरुकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षकहरुमा राप्ती गाउँपालिकाका पशु विकास शाखा प्रमुख जिवराज पाैडेल,कृषि विकास शाखा प्रमुख बरसाती गडरिया र कृषि अधिकृत प्रदिप खत्री रहनु भएको थियो ।

