
Gfs
Ses
Lnp
Pbu
Djs
Unsku
Ggp
Rgp1
pku
Rgp
Srbpu
Pes
cjs
Sgr

Gst
Wsp
Ggd
Asm
Rgu
Pvg
Rgs
Sls
Vor
nsb
Ssm
Rsb
Hal
Rgu
Sbs
Bbu
Bbbpu
Tsm
Ksm

Gsb
Rmb
bbt
Bml
Jmb
Rpp
Mks
Abd
Syp
Ptm
Pls
Jmb
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा एक दिने नि:शुल्क क्यान्सर स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिकाको आयोजना एवम् शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा गाउँपालिकाकाे वडा नं.५ सिसहनियाँ स्थित स्वास्थ्य चाैकी सिसहनियाँमा उक्त शिविर सम्पन्न भएको हाे।
शिविरको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सांसद इन्द्रजित थारुले गर्नु भएको हाे।
साे अवसरमा बोल्दै सांसद थारूले क्यान्सर सम्बन्धी सचेतना जगाएर समयमै रोग पहिल्याउन सकियो भने धेरै हदसम्म रोग निको पार्न सकिने बताउनुभयो।
मानिसको जीवनशैली र खानपिनकै कारण पछिल्लो समय क्यान्सर राेगका बिरामीहरु वृद्धि हुँदै गएको बताउँदै उहाँले रोग लाग्नै नदिनका लागि पनि यस बारेको सचेतना अपरिहार्य रहेको बताउनुभयो।
त्यस्तै सांसद थारुले क्यान्सर राेग लागेका बिरामीहरुकाे उपचारका लागि स्थानीय सरकारको सिफारिसमा प्रदेश सरकारले दुई लाख रुपैयाँ सम्मकाे उपचार खर्च व्यहोर्ने बताउनुभयो।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले क्यान्सर राेगका लक्षण देखिएकाे तर आर्थिक अभावकै कारण उपचार गराउन नसकेका विपन्न नागरिकहरुलाई लक्ष्यित गरि शिविर सञ्चालन गरिएकाे बताउनुभयो ।
सर्वसुलभ र गुणस्तरीय सहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा पालिका प्रतिबद्ध रहेको बताउदै अध्यक्ष विष्टले आगामी दिनमा पनि यस प्रकारका शिविरहरु आयोजना गरिने बताउनुभयो ।
त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले यस शिविरबाट बिरामीहरुले स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै उनीहरूको पैसा र समय दुबैको बचत भएको बताउनुभयो।
शिविर उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी,वडा नं.८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,स्वास्थ्य शाखा प्रमुख नारायण रावत,शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका कार्यवाहक अध्यक्ष इमरान खान,सदस्य मुविन खाँ लगायतकाे सहभागीता रहेको थियोे।
शिविरमा क्यान्सर रोग विशेषज्ञ डाक्टर साजन थापा,डाक्टर सुवास महेता,युरोलोजिस्ट डाक्टर विपिन गुराँगाई,जनरल एण्ड ईमरजेन्सी मेडिसिन विशेषज्ञ डाक्टर खोम बहादुर चौधरी लगायतका चिकित्सकहरुको टोलीले स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो।
शिविरमा ४ सय ३६ जना बिरामीहरुकाे स्वास्थ्य परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयाे।

