Sidha Patra शनिबार, माघ १३, २०८०

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग,उत्पादन तथा बिक्रीमा कार्यमा रोक लगाएको छ ।

महानगरपालिका क्षेत्रभित्र बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परीक्षण गर्दा त्यसमा अखाद्य तत्त्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ ।

शनिबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा नमुना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा क्यान्डीमा अखाद्य रङ ’रोडामाइन बी’पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।

महानगरले आफ्नो क्षेत्रभित्र क्यान्डीको प्रयोग तथा बिक्री वितरण नगर्न अनुरोध गर्दै चेतावनीयुक्त जरिवाना समेत तोकेको छ । “अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्री वितरण नगर्न÷नगराउन अनुरोध गर्दछौं,” महानगरको सूचनामा उल्लेख छ, “यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ,” महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]