
pku
Lnp
Ggp
Unsku
Sgr
Rgp
Rgp1
Srbpu
Pbu

Wsp
Tsm
Rgu
Rgs
Ggd
Asm
Ksm
Pvg
Vor
Hal
Sls
Rsb
Rgu
Bbbpu
Gst
Ssm
Bbu
Sbs
nsb

Syp
Jmb
sab
Rpp
Pls
bbt
Bml
Abd
Jmb
Mks
Ptm
Gsb
Rmb
दाङ । लुम्बिनी प्रदेशको लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्वारको पश्चिमपट्टी एकैपटकमा आठ हजार दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको बिहीबार उद्घाटन गरिएको हो ।
उपाध्यक्ष डा लामासहित छोग्न्यी रिपोन्छे, टुंगो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो सेडको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि उपाध्यक्ष डा लामाले संसारभरका बौद्धमार्गीहरुले लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने सेडले सुविधा थप्ने बताउनु भयो ।
उपाध्यक्ष डा लामाले मायादेवी मन्दिरको अशोक स्तम्भ नजिकै दियो बाल्दा त्यसले असर पारेको गुनासो समेत आएकाले मन्दिर परिसर वाहिर दियो सेड निर्माण गरिएको बताउनुभयो । बौद्धमार्गीहरुले मायादेवी मन्दिरमा आएर बत्ती बाल्न इच्छुक भए पनि त्यसको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा आफूले अठोट गरे अनुसार काम गरेको उपाध्यक्ष डा लामाको भनाइ छ ।
त्यस्तै डा लामाका अनुसार अन्यत्र लाखौं दियो बाल्नु र लुम्बिनीमा थोरै दियो बाल्नु बराबर हुने बौद्धिष्टहरुमा मान्यता छ । उद्घाटन लगतै उपाध्यक्ष डा। लामासहित छोग्न्यी रिपोन्छे, टुगो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर शुरुवात गर्नुभएको छ । पहिलो आठ हजार सेडको एक लाख ३४ हजार रुपैयाँ रिपोन्छेहरुबाट प्राप्त भएको थियो । शुभारम्भकै दिन दियोबाट तीन लाख १३ हजार दुई सय रुपैयाँ आम्दानी भएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिनुभयो ।
