
Ggp
Rgp
Unsku
cjs
Pbu
Gfs
Lnp
Djs
Srbpu
pku
Sgr
Pes
Rgp1
Ses

Ssm
Ggd
Rgs
Tsm
Ksm
Pvg
Gst
Rsb
Wsp
Asm
Bbbpu
Sbs
nsb
Bbu
Rgu
Sls
Rgu
Hal
Vor

Bml
Abd
bbt
Gsb
Syp
Rmb
Ptm
Rpp
Jmb
Mks
sab
Jmb
Pls
कपिलवस्तु । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा कृष्णनगर नगरपालिका,ईलाका प्रहरी कार्यालय कृष्णनगर,जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा कृष्णनगर नगरपालिका वडा नं १२ राष्ट्रीय आधारभूत विद्यालय हृदयनगरमा संचालन भएको नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन जना सेवा ग्राही लाभान्वित भएका छन्।
त्यस्तै सेवा ग्राहीहरु हाडजोर्नी,छाला तथा यौन ,मुटु (ईसिजी सेवा ), प्रसुती रोग,नाक कान घाँटी,सामान्य चिकित्सा लगायत सम्बंधित चिकित्सकहरुद्वारा आवश्यक परामर्श तथा चेकजाच गराएका थिए भने आवश्यक औषधि नि:शुल्क रूपमा वितरण गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भयो ।
यस्तै नि:शुल्क स्वास्थ्य शिविर बिहान १० बजेदेखि संचालन गरिएको तथा सेवा ग्राही हरूको भिडभाड समेत रहेको जस्मा युनिवर्सल मेडिकल कलेज भैरहवाका डाक्टरहरू तथा कृष्णनगर नगरपालिकाका स्वास्थ्यकर्मीहरू सेवा दिदै सेवा ग्राहीहरुको मन जित्न सफल भएको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिनु भयो ।
त्यस्तै सो शिविरमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय लगायतको सहभागितामा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको थियो भने स्वास्थ्य शिविरले कृष्णनगर क्षेत्रका धेरै व्यक्ति लाभान्वित भएको तथा बेला बेलामा यस्तो स्वास्थ्य शिविर संचालन हुनुपर्ने स्थानीयले विश्वास व्यक्त गरेका छन्।
