Sidha Patra बिहिबार, माघ ११, २०८०

काठमाडौं । आज राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । बिहान ९ बजेदेखि मतदान सुरु हुने र परिणाम पनि आजै सार्वजनिक गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने आयोगले जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मतगणना सुरु भएको ३/४ घण्टाभित्रै परिणाम सार्वजनिक भइसक्छ ।

त्यस्तै राष्ट्रियसभा सदस्यमध्ये एक तिहाई सदस्यहरूको पदावधि प्रत्येक २र२ वर्षमा समापन हुन्छ । त्यसरी पदावदि सकिएका राष्ट्रियसभा सदस्यको रिक्त पदमा प्रक्रियाबाट उनीहरू राष्ट्रियसभा सदस्य बनेका हुन् सोही प्रक्रियाबाट पूर्ति गरिन्छ ।

अहिले राष्ट्रियसभामा रिक्त हुन लागेका २० सिटमध्ये १९ सिटमा निर्वाचन हुन लागेको हो । एक सिट भने राष्ट्रपतिबाट मनोनित हुनेको सकिएकाले उक्त सिटमा पनि राष्ट्रपतिबाटै मनोनित गरिनेछ ।

आज हुने मतदानमा विभिन्न आठ राजनीतिक दलले ५१ उम्मेदवारलाई मैदानमा उतारेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुखरउपप्रमुख तथा गाउँपालिका प्रमुख/उपप्रमुख मतदाता हुन्छन् । अहिले कुल २ हजार ४७ मतदाता रहेकामा उनीहरूको जम्मा मतभार ५७ हजार ५५९ छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुखरउपप्रमुखको १९ मतभार तोकेको छ । आगामी फागुन २१ देखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुन लागेको हो । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

यस्तै निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]