
Lnp
Srbpu
Pbu
Rgp
Unsku
Rgp1
pku
Ggp
Sgr

Rgu
Bbbpu
Ksm
Pvg
nsb
Asm
Tsm
Sbs
Vor
Rgs
Gst
Rgu
Ggd
Ssm
Sls
Hal
Wsp
Bbu
Rsb

Rmb
Abd
Ptm
bbt
sab
Bml
Gsb
Jmb
Syp
Rpp
Pls
Jmb
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना वडा नम्बर ५ र ८ मा गरिएका गतिविधि,योजनाको प्रगतिको बुधवार अनुगमन गरिएको छ ।
परियोजना अनुगमन तथा समन्वय समितिले बुधबार गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावास सहित खबरीनाका, मुसिनाका त्यसैगरी वडा नम्बर ५ को कक्रहवा, खज्रौटा लगायतका ठाउँमा अनुगमन गरिएको हो ।
परियोजना अनुगमन तथा समन्वय समिति संयोजक यमनारायण शर्मा पोख्रेलको संयोजकत्वमा अनुगमन समितिले ५ र ८ वडाको बिभिन्न ठाउँमा पुगेर त्यहाँ भए गरेका कायहरुको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनको क्रममा परियोजनाका बिभिन्न समूहहरुले निर्माण गरेका खोर, भकारोको बारेमा जानकारी लिनुका साथै बाख्रा तथा भैसी पालक कृषकहरुसंग व्यवसायीक रुपमा बाख्रा तथा भैसी पालनका लागि आवश्यक पर्ने सहयोगको बारेमा राय संकलन समेत गरिएको परियोजना अनुगमन तथा समन्वय समितिका संयाेजक तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै बाख्रा पालनमा राम्रो सम्भावना भएको गढवा गाउँपालिका वडा नम्बर ८ को खबरीनाका र मुसीनाकाका कृषकहरुको माग अनुसार थप कार्यक्रम लागु गरिने र नाका क्षेत्रलाई बिशेष गरी वडा नम्बर ८ खसीबोकाको हबको रुपमा अघि बढ्ने योजना पालिकाको रहेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
अनुगमन समितिलाई कृषकहरुले बाख्रा पालन थप ब्यवस्थित बनाउन पशु प्राविधिक, घाँसको ब्यवस्थापन र बाख्रामा लाग्ने रोगको बारेमा बिशेष जानकारी तथा उपचारका लागि सहयोग गर्न अनुराेध गरेका छन् । कृषकलाई आत्मनिर्भर बन्न पालिकाले पशु पालक कृषकहरुको लागि बिशेष कार्यक्रम सञ्चालन गरेको र आवश्यक पर्ने सम्पूर्ण सहयोग परियोजना मार्फत गर्ने अध्यक्ष पोख्रेलले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अनुगमन समितिमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ८ नम्बर वडाध्यक्ष खालिक सिद्दिकी, कार्यपालिका सदस्य मिना पुन, शसस्त्र प्रहरी, नेपाल प्रहरी, हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय प्रवन्ध प्रकाश केसी, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ/भिटा परियोजनाका फोकल पर्सन भिमकान्त चौधरी, गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, पत्रकार दशरथ घिमिरे, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, कृषि विकास शाखाका प्रमुख कर्ताराम यादव, पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरी, अनन्त राज रेग्मी, भिटा परियोजनाका सामुदायिक सहजकर्ता कैलाश चौधरी, कल्पना चौधरी लगाएतको सहभागिता रहेको थियो।

