Sidha Patra मंगलबार, माघ ०९, २०८०

दाङ । राम जन्मभुमिमा राम मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठाको अवसर पारेर राजपुरको जंग्रहवामा रहेको राम मन्दिर परिसरमा सोमबार दीप प्रज्जवलन तथा भजनकिर्तन कार्यक्रम सम्पन्न भएको छ ।

विश्व हिन्दु महासंघ नेपाल राजपुर गाउँपालिका अध्यक्ष मिन्तीराम यादवको अध्यक्षता तथा विश्व हिन्दु महा संघ नेपाल दाङ जिल्ला उपाध्यक्ष दामोदर पाण्डेको प्रमुख आतिथ्यता तथा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवको बिशिस्ट अतिथिमा कार्यक्रम भएको हो ।विश्व हिन्दु महासंघ नेपाल राजपुर गाउँपालिका सदस्य भोगेन्द्र राजपुतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले आफ्नो संस्कार,संस्कृति,परम्परा, रीतिरिवाजलाई संरक्षण गर्दै जानुपर्ने बताउनु भएको छ ।

कुनैपनि देशमा धर्म र संस्कृति नहुने हो भने त्यो देशनै समाप्त हुने भएको हुँदा आफ्नो देशमा आफुले मान्दै आएको धर्मको संरक्षणमा सबै आ-आफ्नो स्थानबाट जुट्नुपर्ने बताउनु भयो ।रामजन्मभूमिमा भगवान रामको मन्दिरलाई उद्घाटन गर्नु र प्राणप्रतिष्ठा गर्नुको उदेश्य सत्ययुगमा भगवान बिष्णुले समुन्द्र मन्थन गर्नका लागि कछेअवतार लिएको दिन माघ ८ गते भएको हुँदा सो अवसरमा कार्यक्रम तय गरिएको बताउनु भयो । यस्तै उहाँले ८ गतेका दिन नेपाल मात्र नभएर विश्वका विभिन्न स्थानमा हर्षोल्लास मनाईरहेको समेत जानकारी गराउनु भएको थियो ।

त्यस्तै उक्त कार्यक्रमका विशिस्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले आफुले राजपुर गाउँपालिका भित्र कुनैपनि धार्मिक कार्यक्रमका लागि गाउँपालिकाबाट गर्नुपर्ने सहयोग खुलेर गर्ने बताउनु भएको छ ।कार्यक्रममा भगवान दिन यादव,तिलक बहादुर यादव र महेश यादवले धार्मिक भजन गीत प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन विश्व हिन्दु महासंघ नेपाल राजपुरका सचिव रामप्रताप यादवले गर्नु भएको थियो ।राम जानकी तथा हनुमानगढी मन्दिर तथा विश्व हिन्दु महा संघ नेपाल शाखा दाङ राजपुरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा राजपुर गाउँपालिका भित्रका २५ सय बढी भक्तजनको सहभागी रहेको आयोजकले जनाएको छ । कार्यक्रम सुरु हुनु अघि विभिन्न राजपुरका विभिन्न चोकमा र्‍याली समेत प्रदर्शन गरिएको थियो ।

त्यस्तै राजपुरको बेला,खरदरिया,भैसहवा,बसन्तपुर मोतीपुर,सालभौरी लगायतका स्थानहरुमा रहेको मन्दिरहरुमा दीप प्रज्जवलन गरि भजनकिर्तन गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]