
Rgp1
Srbpu
pku
Pbu
Rgp
Lnp
Unsku
Ggp
Sgr

Wsp
Ggd
Ssm
Rgu
Bbbpu
Pvg
Sls
Sbs
Ksm
Tsm
Rgs
Gst
Rsb
Asm
Hal
Rgu
nsb
Vor
Bbu

bbt
Bml
Ptm
Abd
Rmb
Pls
Mks
Gsb
Jmb
Rpp
Jmb
sab
Syp
पाल्पा । पाल्पाको कालिगण्डकी करिडोर अन्तर्गत रम्भा -१ भुमर स्थित पिपलडाडा रामपुर सडक खण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
पिपलडाडाबाट हुगितर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक रम्भा गाउँपालिका वडा नम्बर १ असर्दी बस्ने बर्ष २८ को हेमन्त जि.टी. को घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसार ७ गते अन्दाजी २१ः५५ बजेको समयमा मोटरसाईकल सडकबाट अन्दाजी २ सय मिटर तल कालिगण्डकी किनारमा खसेर दुर्घटना भएको जनाएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हुँगीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक र ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटेर प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पाल्पामा पठाईएको छ ।
यस्तै उक्त घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिनु भयो ।
