Sidha Patra सोमबार, माघ ०८, २०८०

पाल्पा । पाल्पाको कालिगण्डकी करिडोर अन्तर्गत रम्भा -१ भुमर स्थित पिपलडाडा रामपुर सडक खण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

पिपलडाडाबाट हुगितर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक रम्भा गाउँपालिका वडा नम्बर १ असर्दी बस्ने बर्ष २८ को हेमन्त जि.टी. को घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसार ७ गते अन्दाजी २१ः५५ बजेको समयमा मोटरसाईकल सडकबाट अन्दाजी २ सय मिटर तल कालिगण्डकी किनारमा खसेर दुर्घटना भएको जनाएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हुँगीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक र ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटेर प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पाल्पामा पठाईएको छ ।

यस्तै उक्त घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]