
Rgp1
pku
Sgr
Srbpu
Ggp
Rgp
Lnp
Unsku
Pbu

Wsp
Bbu
Rgu
Vor
Ksm
Rsb
Hal
Asm
Bbbpu
Gst
nsb
Ggd
Pvg
Tsm
Sbs
Sls
Rgs
Rgu
Ssm

Abd
Gsb
Bml
Ptm
Pls
bbt
Mks
sab
Rpp
Jmb
Syp
Rmb
Jmb
काठमाडौँ । आदिवासी जनजाति आयोगले आफ्ना समुदायको ज्ञान,सिपसम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्नु पर्ने बताएको छ ।
आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिहरुको ज्ञान र सीप सम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्न आवश्यक हुने बताएका हुन् । आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकका बोल्दै उनले विद्यार्थी संख्या पुगेन भन्दैमा विद्यालय नै हटाउने कानुनी व्यवस्था तत्काल हटाउन पनि सरकारलाई सुझाव दिए ।
त्यस्तै अध्यक्ष थापा मगरले जिल्ला शिक्षा कार्यालयको व्यवस्था अव गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराए । पालिकाहरुको अधिकार कटौती हुने भएकाले पनि जिल्ला शिक्षा कार्यालयको व्यवस्था गर्नुपर्ने आवश्यकता नभएको उनको तर्क थियो ।
यस्तै अध्यक्ष थापा मगरले विद्यार्थी जनसंख्याको आधारमा राज्यका निकायहरुमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने धारणा समेत राखेका छन् । रातोपाटी
